www.enajar.com

पपुलर

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

महँगी दर १४ महिनायताकै उच्च

समाचार प्रकाशित मिति :

महँगी दर १४ महिनायताकै उच्च

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

NCELL

 

२६ पुस, काठमाडौं । गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः बढ्न लागेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

गत आर्थिक वर्ष २०८०/८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । २०८० असोजमा ७.५० प्रतिशत रहेको मुद्रास्फीति त्यसयता लगातार ६ प्रतिशतभन्दा तल रहेको थियो । चालु आर्थिक वर्षको मंसिरमा भने ६ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

महंगी दर बढ्दै जाँदा खाद्य तथा पेयपदार्थको समूहको मुद्रास्फीति दोहोरो अंकनजिक पुगेको छ । मंसिरमा उक्त समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ९.९९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.९२ प्रतिशतले वृद्धि भएको थियो ।

 

खाद्य तथा पेयपदार्थ समूहको महंगीदर करिब दोब्बरले वृद्धि हुँदा गैरखाद्य तथा सेवा समूहका महंगीदर भने घटेको छ ।

खाद्य तथा पेयपदार्थ समूहमा पनि उपभोक्ताको दैनिक भान्समा अत्यावश्यक तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशतले बढेको छ ।

त्यस्तै, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।

ग्रामीण क्षेत्रमा महंगी उच्च

शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा महंगी उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ । मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८९ प्रतिशतले बढेको छ ।

मंसिरमा प्रदेशगत रूपमा कोशी र मधेश प्रदेशमा महंगी उच्च देखिन्छ । कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत, मधेश प्रदेशको ६.७७ प्रतिशत र बागमती प्रदेशको ५.८४ प्रतिशत छ ।

त्यस्तै, गण्डकी प्रदेशको ४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको छ । मंसिरमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको छ ।

उपभोक्ता मुद्रास्फीति मात्रै नभएर थोक मुद्रास्फीतिसमेत बढेको छ । २०८१ मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको छ । गत आवको मंसिरमा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत मात्रै थियो ।

मंसिरमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १२.५९ प्रतिशतु, मध्यवर्ती वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.७७ प्रतिशत र पूँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.२० प्रतिशत रहेको छ । मंसिरमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.१४ प्रतिशतले घटेको छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V