हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
साउन २२, कञ्चनपुर । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ।

कञ्चनपुरको पुनर्वासस्थित शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। उनले साउन ७ गते सामान खरिद गरेका थिए।
१० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ। यस्तै, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँको उपहार जितेका छन्।
आन्तरिक राजस्व विभागले आज अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी उपहार विजेताबारे जानकारी दिएको हो।
उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार योजना सञ्चालन गरिएको विभागले जनाएको छ।
चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको योजनाअनुसार हरेक १५ दिनमा १५ जनालाई जनही १ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिनेछ।
उपहारका लागि विभागले prize.ird.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ। नेपालभित्र स्वप्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गरी सक्कली बिल लिएका योग्य उपभोक्ताले बिल अपलोड गरेर सहभागी हुन सक्नेछन्।
यस्तै, क्यूआरमार्फत १०० रुपैयाँभन्दा बढीको कारोबार गर्ने उपभोक्ताको कारोबार प्रणालीमार्फत नै उपहार योजनामा समावेश हुने विभागले जनाएको छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V