www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

कञ्चनपुर र कैलालीमा थप सशस्त्र प्रहरी परिचालन : नेपाल-भारत सीमा निगरानी कडा

समाचार प्रकाशित मिति :

कञ्चनपुर र कैलालीमा थप सशस्त्र प्रहरी परिचालन : नेपाल-भारत सीमा निगरानी कडा

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर चैत्र ३०। सशस्त्र प्रहरी बल नेपालले नेपाल-भारत सीमा निगरानीमा कडाइ गरेको छ।

गृहमन्त्री सुधन गुरुङले पदभार सम्हालेलगत्तै सीमा सुरक्षामा कडाइ गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बढ्दो संवेदनशीलता र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै थप जनशक्ति परिचालन गरिरहेको हो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले केही दिनअघि सुदूरपश्चिम प्रदेशको स्थलगत भ्रमण गरेपछि दिएको निर्देशनअनुसार अहिले कञ्चनपुर र कैलालीका सीमा क्षेत्रमा सुरक्षा सुदृढ गर्न थप जनशक्ति परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीले दुवै जिल्लामा नब्बे नब्बे जना गरी कुल १८० जना सशस्त्र प्रहरी थप गरिएको हो। वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक दिग्विजय सुवेदीका अनुसार सीमा सुरक्षालाई प्रभावकारी बनाउन र अवैध गतिविधि नियन्त्रण गर्न अतिरिक्त जनशक्ति परिचालन गरिएको हो।

सीमा क्षेत्रमा निगरानी बढाउने, अवैध चोरी तस्करी नियन्त्रण गर्ने र समग्र सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले थप जनशक्ति परिचालन गरिएको हो, निमित्त बाहिनीपति सुवेदीले भन्नुभयो। साथै सम्भावित विपद् जोखिम क्षेत्रको अध्ययन तथा विश्लेषणसमेत गर्ने तयारी छ।

उहाँका अनुसार परिचालित जनशक्तिलाई तीस तीस जनाका तीन समूहमा विभाजन गरिएको छ। ती टोलीलाई एक दिन, एक रात र आकस्मिक अवस्थाका लागि पालैपालो तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ। कैलालीमा नम्बर ३४ गण र कञ्चनपुरमा नम्बर ३५ गण मार्फत ती टोली परिचालन गरिएको बाहिनीले जनाएको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V