हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुरको पुनर्वास नगरपालिका–१, बलभद्र बस्तीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ।
सोही ठाउँ बस्ने ७५ वर्षीया श्रीमाया तामाङलाई हुलाकी सडकखण्डमा पैदल हिँडिरहेका बेला नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट शरीरको भित्री भागमा गम्भीर चोट लागेकी तामाङलाई स्थानीयले उद्धार गरी बि.एन.पोलिक्लिनिक पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन्। फरार चालक र ठक्कर दिने मोटरसाइकलको पहिचान खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V