www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न एक वर्ष लाग्ने

समाचार प्रकाशित मिति :

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न एक वर्ष लाग्ने

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

नवीन पार्की | कञ्चनपुरको प्रशिद्ध दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्ने देखिएको छ । पुलमा क्षतिको अध्ययन गर्न पुगेको प्राविधिक टोलीले यस्तो बताएका हुन् ।

पुलमा क्षतिको अवस्था र कारणबारे स्थलगत अध्ययन गर्न संघ र प्रदेश सरकारले प्राविधिक टोली पठाएको थियो । सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा रहेको टोलीले शुक्रबार पुलको स्थलगत अध्ययन गरेको छ ।

अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको पाइएको अधिकारीले बताए । उनका अनुसार महाकाली नदीमा आएको तीव्र बहावका कारण पिल्लरको फाउन्डेसन आसपासको माटो तथा संरचना बगाउँदा पुलमा क्षति पुगेको देखिएको छ अहिले पानी धेरै छ ।

ढलेको पिल्लरसँगै दुई वटा पिल्लर पनि नयाँ बनाउनुपर्ने अवस्था आउनसक्ने देखिएको छ,’ अधिकारीले भने, ‘बाँकी संरचना पनि कमजोर देखिए खोल्दै पुन: फिट गरेर निर्माण गर्नुपर्ने भएकाले समय लाग्ने देखिन्छ । पुल पुनर्निर्माणका लागि प्रदेश सरकारको मात्रै स्रोत पर्याप्त नहुने भएकाले संघीय सरकारको समेत सहयोग आवश्यक पर्ने अधिकारीले बताए ।

सरकारले छिट्टै बजेट व्यवस्थापन गरेर निर्माण प्रक्रिया अघि बढाएपनि पुल पूर्णरूपमा पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्न सक्ने उनको भनाइ छ । क्षतिग्रस्त संरचनाको विस्तृत अध्ययनपछि आवश्यक लागत, निर्माणको विधि र प्रक्रियाबारे थप निर्णय गरिने अधिकारीले बताए ।

महाकाली नदीमा आएको बाढीले असोज १४ गते पुलको एक भागमा क्षति पुर्‍याएपछि दोधारा चाँदनी र भीमदत्तनगरबीचको नियमित आवागमन बन्द छ ।

यसअघि पनि प्राविधिक टोलीले पुलको क्षतिको प्रारम्भिक अध्ययन सुरु गरेको थियो ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V