www.enajar.com

पपुलर

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

समाचार प्रकाशित मिति :

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

  • कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको एक चौथाई हिस्सा ओगट्छ तर वर्षैभर सिँचाइ सुविधा कुल कृषियोग्य जमिनको १९ प्रतिशतमा मात्रै पुगेको छ।
  • मधेश प्रदेश र पश्चिम तराईमा धान रोपाइँ समयमै नहुनु र खडेरीले आधाभन्दा बढी जमिनमा खेती सम्भव नभएको छ।
  • खडेरीले कृषकको आम्दानी घट्ने, आर्थिक वृद्धिदरमा असर पर्ने र आयात बढ्ने खतरा देखिएको छ, सरकारले सिँचाइ आयोजनामा शीघ्र काम गर्नुपर्ने सुझाव छ।

१० साउन, काठमाडौं । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो एकल हिस्सा ओगट्ने कृषि क्षेत्र सिँचाइ अभावले संकटमा परिरहेको छ ।

कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) को एक चौथाइ हिस्सा ओगट्छ । तर, कुल कृषियोग्य जमिनको १९ प्रतिशतमा मात्रै वर्षैभरि सिँचाइ सुविधा पुगेको सरकारी तथ्यांक छ

NCELL

बाँकी जमिनमा खेती गर्ने जनताले बाली उत्पादनका लागि आकाशे पानीको भरोसामा रहनुपर्ने अवस्था छ । अर्थात्, वर्षा भए खेती हुन्छ, नभए हुन्न ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धि प्राप्तिको लक्ष्य राखेको छ । आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन हेर्ने हो भने जीडीपीमा सबैभन्दा ठूलो योगदान कृषि, वन तथा मत्स्य क्षेत्रले गर्छ । कृषिभित्र समेत मुख्य हिस्सा धानको छ ।

 

तर, अहिले मधेस प्रदेश र पश्चिम तराई क्षेत्रमा धान रोपाइँ गर्ने समयमै खडेरी परेको छ । जसले गर्दा आधाभन्दा बढी क्षेत्रमा रोपाइँ गर्न सकिएको छैन । कृषकले वर्षा कुरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न पूर्वनिर्धारित कार्यक्रम सिलसिलामा शुक्रबार मधेसका जिल्ला झरे । तर, उनले सामाजिक सञ्जालमार्फत मधेसप्रति सहानुभूति देखाउन समेत भ्याए । महोत्तरी पुगेर प्रधानमन्त्रीले तराईमा तत्कालै ५ सय डिप बोरिङ जडान गर्ने घोषणा समेत गरे । तर, सरकारकै अक्षमताका कारण वर्षौंसम्म जिर्ण बनेका सिँचाइ आयोजनालाई गति दिनेबारे बोलेनन् ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार डिप बोरिङ खडेरीको समाधान होइन । बरु यसले भूमिगत पानीको स्तर घटाउँछ र जलसंकट अझै गहिरो बनाउँछ । जसले गर्दा खडेरीको सम्भावना थप बढाउँछ । उनले दिगो समाधानका रूपमा प्रभावकारी पानी पुनर्भरणका विकल्प खोज्न सुझाव दिन्छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आव २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर मात्र ३.२८ प्रतिशत थियो । गत वर्ष समयमै धान खेती भएको थियो भने वर्षासमेत पर्याप्त थियो । ११ असोजको बाढीले पहाडी भेग र तराईका केही फाँटमा क्षति गर्नुबाहेक धान खेतीमा ठूलो असर गरेको थिएन । यस वर्ष साउनको मध्य हुनलाग्दा समेत आधामात्र धान खेती सम्भव हुनुले समग्र अर्थतन्त्रमा असर पर्ने देखिन्छ ।

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार फागुन २०८१ सम्म कुल सिँचाइयोग्य जमिन २५ लाख ३६ हजार ३ सय १९ हेक्टरमध्ये ६२.२८ प्रतिशतमा मात्र सिँचाइ सुविधा विस्तार भएको छ । कुल ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टर कृषियोग्य जमिनमध्ये ४४.४ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको तथ्यांक छ । तर, बाह्रै महिना सिँचाइ सुविधा पुगेको जमिन करिब २० प्रतिशत मात्रै छ ।

सरकारले विनियोजन गर्ने बजेटको आकार पछिल्लो एक दशकमा बढेको देखिन्छ । तथ्यांक अनुसार हरेक वर्ष १३.६ प्रतिशत औसत प्रतिवर्ष बजेट बढेको छ । तर, सिँचाइ सुविधा पुगेको खेतीयोग्य जमिन औसत १.५ प्रतिशतले बढेको छ । यसले विनियोजित बजेट खर्च नहुने र सिँचाइका लागि वर्षाकै भर पर्नुपर्ने बाध्यता देखिन्छ ।

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार यस आवमा धान उत्पादन ४.०४ प्रतिशतले बढेको अनुमान छ । अहिले वार्षिक धान उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ टन पुगेको छ । यस वर्ष धानको औसत उत्पादकत्व ५.३८ प्रतिशतले बढेर ४.१९ टन प्रतिहेक्टर पुगेको छ ।

६ प्रदेशमा पनि अर्थतन्त्रको मुख्य खम्बा हो कृषि

राष्ट्रिय तथ्यांक कार्यालयको आँकडा अनुसार प्रादेशिक जीडीपीमा समेत कृषिको अभिन्न योगदान छ । बागमती बाहेक सबै प्रदेशको जीडीपीमा मुख्य योगदान कृषि, वन र मत्स्यको छ । नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहने अनुमान छ । यसमध्ये कोशी प्रदेशले नेपालको अर्थतन्त्रमा १५.९ प्रतिशत योगदान गर्छ । कोशी प्रदेशको जीडीपीमा कृषिको योगदान ३४.०५ प्रतिशत रहने अनुमान छ । जुन सबैभन्दा धेरै हो ।

मधेस प्रदेशले नेपालको जीडीपीमा १३.१६ प्रतिशतको योगदान गर्ने देखिन्छ । मधेसमा समेत कृषि, वन तथा मत्स्य क्षेत्रको योगदानको सबैभन्दा बढी हिस्सा छ । यस प्रदेशमा कृषिको हिस्सा ३६.७३ प्रतिशत छ ।

बागमती प्रदेशले नेपालको जीडीपीमा ३६.५२ प्रतिशत हिस्सा ओगट्छ । तर, यो प्रदेशमा पहिलो हिस्सा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको छ । कृषिको योगदान कम रहेको छ । गण्डकी प्रदेशले मुलुकको जीडीपीमा ८.९८ प्रतिशत योगदान गर्छ । यस प्रदेशको समेत मुख्य क्षेत्र कृषि, वन र मत्स्य हो । उक्त क्षेत्रले प्रदेश जीपीडीमा २७.१० प्रतिशत हिस्सा ओगट्छ । गत आवको तुलनामा कृषिको योगदान अझ बढेको देखिएको छ ।

लुम्बिनी प्रदेशले जीडीपीमा १४.२३ प्रतिशत योगदान गर्ने अनुमान छ । यस प्रदेशको जीडीपीमा भने कृषिले सबैभन्दा धेरै ३१.०२ प्रतिशत योगदान दिन्छ । कर्णाली प्रदेशले मुलुकको जीडीपीमा ४.१९ प्रतिशतको योगदान दिन्छ । कार्यालयका अनुसार यस प्रदेशको जीडीपीमा भने कृषिले सबैभन्दा धेरै ३१.५० प्रतिशत हिस्सा ओगट्छ । सुदूरपश्चिम प्रदेशले मुलुकको जीडीपीमा ७.०३ प्रतिशत योगदान गर्ने अनुमान छ । प्रादेशिक जीडीपीमा सबैभन्दा धेरै योगदान कृषिको ३४.७२ प्रतिशत रहने कार्यालयले जनाएको छ ।

कृषक, अर्थतन्त्र र वैदेशिक व्यापारमा पर्न सक्छ संकट

विज्ञका अनुसार अहिले मधेस र तराई भेगमा देखिएको खडेरीले एकसाथ तीन पक्षमा प्रत्यक्ष संकट निम्त्याउन सक्छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थविद् डा. रामकुमार फुँयालका अनुसार कृषकले आफ्नो फसल उत्पादन गर्न नपाउँदा उनीहरूको आम्दानीको स्रोत गुम्छ ।

त्यसले गरिबी बढाउँछ र कृषकले रोजीरोटीका लागि ऋण काढ्नुपर्ने अवस्था सिर्जना गर्छ । यस्ता कृषकको संख्या ठूलो हुँदा आगामी दिनमा अझ संकट निम्तिने खतरा हुन्छ । दोस्रो, कृषि उत्पादनको असर अर्थतन्त्रमा प्रत्यक्ष पर्छ ।

कृषि क्षेत्रमध्ये धानको हिस्सा ८० प्रतिशत हाराहारी रहेको भन्दै उनले अहिले लिइएको ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न कृषिले कम्तीमा ४ प्रतिशत वृद्धिको जिम्मा दिनुपर्ने बताउँछन् । त्यसो हुन नसके सरकारले लिएको लक्ष्य फेल हुन्छ । तेस्रो यसले आयात बढाउँछ ।

वैदेशिक मुद्रा विदेशिन्छ । अहिले पनि नेपालमा आवश्यकता भन्दा बढी धान आयात भइरहेको तथ्यांकले देखाइरहँदा भोलि त्यो अवस्था अझ भयावह हुने हो कि भन्ने शंका गर्न सकिने उनी बताउँछन् ।

यो समस्या समाधान गर्न तत्कालका लागि भएका विकल्पको अधिकतम प्रयोग र दीर्घकालीन समाधानका लागि अगाडि बढेका ठूला आयोजनाको शीघ्र काम सक्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V