यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
नवीन पार्की, पुनर्वास १८ माघ । स्थानीय तह स्तरीय छैठौं संस्करण को राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ आजदेखि पुनर्वास मा सुरु भएको छ ।

स्वास्थ का लागि खेलकुद , राष्ट्र का लागि खेलकुद भन्ने मुल नारा सहित पुनर्वास नगरपालिका ६ मा रहेको श्री जिबन ज्योति माविको खेलमैदान बिबिध कार्यक्रम सहित उद्घाटन भएको छ ।
पुनर्वास का २६ माध्यमिक तह मध्ये २० वटा बिद्यालय सहभागी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी बिद्यालय ले बिद्यालय का फरकफरक पोषाक सहित मार्चपास मसाल दौड प्रदर्शन गरेका थिए भने बिध्यार्थिहरूको मार्चपास लाई पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले सलामी दिनुभएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख शर्माले
‘खेल मानव जीवनका लागि अनिवार्य बिषय रहेको र यसलाई अघि बढाउनका निम्ति खेलकुदको निकै महत्त्व छ,’ उनले भने,‘ यस्ता प्रतियोगिताहरूले वास्तवमा ओझेलमा परेका खेलाडीहरूलाई अघि बढ्नको निम्ति उपयुक्त वातावरण तयार हुन्छ ।’ यस्तै उनले यस क्षेत्रको विकासका निम्ति होस वा खेलकुदको विकासका लागी आफू सदैव सकारात्मक रहेको बताए ।

यस्ता प्रतियोगिताले नगरमा खेलाडी उत्पादनमा टेवा पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षेत्र को नाम हुने समेत शर्माले जोड दिए ।
यस्तै नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलाडीको अनुशासन अति आवश्यक रहेको नगर स्तरीय मावि तहका प्र अ मानबहादुर तामाङले जोड दिए । विगतमा तत्कालीन समयमा रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दा जिल्ला विकास समितिले सहभागी प्रत्येक बिद्यालय लाई १० हजारका दरले नगद सहयोग उपलब्ध हुनेगरेको थियो तर पछिल्लो समय नगरपालिका स्थापना भए पश्च्यात त्यो सहयोग शिर्षक कटौती हुँदा कार्यक्रम सम्पादन गर्न बिद्यालय लाई कठिनाइ हुनेगरेको प्र अ तामाङले शुभकामना मन्तव्यमा गुनासो व्यक्त गरे ।

कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर ऐरीले भने , पुनर्वासले राष्ट्रिय स्तरका खेलाडी समेत जन्माइसकेकोले अझै राष्ट्रिय स्तरमा यहाँका खेलाडी पुग्नेमा आफू विश्वस्त रहेको बताए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छैठौं संस्करण को आयोजक बिद्यालय का प्र अ तथा प्रतियोगिता का सदस्य सचिव भरत कुमार बस्नेतले प्रतियोगिताका सम्पूर्ण खेलाडीलाई अनुशासनका साथ खेल सम्पन्न गर्न समेत अनुरोध गरे । आयोजक बिद्यालय जीवन ज्योति माविका प्र अ सदस्य सचिव सभापति रहेको कार्यक्रम मा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए भने अतिथि हरूमा विभिन्न वडा का अध्यक्ष हरू , कार्यपालिका सदस्य , वडा सदस्य , नगर स्तरीय खेलकुद विकास समिति सदस्य हरू , विभिन्न संघ संस्था का प्रतिनिधि , सहभागी बिद्यालय का शिक्षकशिक्षिका , समाजसेवी , खेलप्रेमि लगायतको उल्लेख्य सहभागिता रहेको थियो

आजबाट सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता माघ २० गते समापन हुने छ । सो प्रतियोगितामा नगरका २० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथलेटिक्स लगायतका खेलहरू हुनेछन्। कार्यक्रम को सञ्चालन आयोजक जीवन ज्योति माविका शिक्षक युवराज सुयेलले गरेका थिए भने मार्च पास तथा प्रतियोगिता कार्यक्रम को सञ्चालन गौरी शँकर माविका शिक्षक दिर्घराज घिमिरे तथा पुनर्वास नगरपालिका योजना शाखा प्रमुख शँकर बोगटीले गरेका थिए ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V