www.enajar.com

पपुलर

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

बेलौरीमा धारिलो हतियार देखाएर नाबालक कुट्ने ५ जना पक्राउ

समाचार प्रकाशित मिति :

बेलौरीमा धारिलो हतियार देखाएर नाबालक कुट्ने ५ जना पक्राउ

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास – कञ्चनपुरको बेलौरीमा धारिलो हतियार देखाएर एक नाबालकलाई कुटपिट गदै मानसिक तनाव दिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका – ९ खजुवावस्तीको जङ्गलमा सोही ठाउँका नाबालकलाई खुकुरी देखाएर कुटपिट सँगै मानसिक तनाव दिने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ५ जनालाई पक्राउ गरी अपहरण, शारीरिक बन्धन सहित ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । कुटपिट गरिएका नाबालकको अवस्था सामान्य रहेको छ । उनको शरीरमा चोटपटक भने देखिएको छैन ।

घटना कसरी बाहिरियो ?

खुकुरी देखाएर कुटपिट गरेको घटना असोज २३ गते साँझको हो । घटनाको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको थियो । सार्वजनिक भिडियोमा जङ्गलमा नाबालकलाई नग्न पारेर खुकुरी प्रहार गर्ने प्रयास गरेको देखिन्छ ।

यति गर्दा उनले दुई हात जोडेर केही नर्गन हारगुहार गरेको देखिन्छ । यी सङ्गै भिडियोमा उनलाई झापड हानेर डोरी बाँधेर मानसिक तनाव दिइएको पनि देखिन्छ ।

यही घटनामा ५ जनालाई प्रहरीले २४ गते घरबाटै पक्राउ गरेको छ । घटनामा संलग्न एक जना भने फरार रहेका छन् । प्रहरी स्रोतका अनुसार कुटपिट सँगै मानसिक तनाव दिइएको भिडियो कुट्ने मध्येबाटै एक जनाले आफ्ना साथीहरूलाई पठाएका थियो । त्यो भिडियो २४ गते कुटिनेका भाइले पाएपछि उनले आमालाई देखाएका थिए । आमाले भिडियो देखेपछि प्रहरीमा उजुरी दिएका थिए ।

परिवारको जाहेरी अनुसार ५ जनालाई पक्राउ गरिएको छ भने १ जना अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका नाबालक रहेको भन्दै नाम सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार खुकुरी व्यक्ति केहि दिन अघि मात्रै काठमाडौँबाट बिदामा घर आएका थिए ।

घटनामा कुटिने नाबालक केहि महिना अघि चोरीको घटना आफ्नै उमेर समूहका व्यक्तिहरूबिच सामान्य विवाद भएको थियो । स्रोतका अनुसार उक्त घटनालाई लिएर बेला बेला विवाद भइरहने थियो । कानको बाली चोरिएको घटना प्रहरीसम्म पुगेर छलफल भई सहमति भएको बुझिएको छ । पछि यसै कुरालाई लिएर फोनमा धाक धम्की दिने भइरहेको स्रोतको भनाइ छ ।

यसै कुरालाई लिएर भिडियोमा देखिएका विष्ट थरका युवकले गाउँ आएपछि जानकारी पाए । जानकारी पाएपछि फोन गर्दा समेत गालीगलौज गरेपछि उनलाई चेतावनी स्वरूप यस्तो गरिएको स्रोतले जनाएको छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V