हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर (बेलौरी) कञ्चनपुरको बेलौरी नगरपालिका–स्थित शान्तिपुरमा पराल बोकेको गुडिरहेको ट्याक्टरमा आगलागी भएको छ। सडकमाथि झुन्डिएको विद्युत् तारमा ट्याक्टरमा लोड गरिएको पराल छुँदा तार सर्ट भई आगलागी भएको हो।

म १ त ६८२ नम्बरको ट्याक्टरमा अचानक आगो सल्किएपछि घटनास्थलमा त्रासको अवस्था सिर्जना भएको थियो। तर, घटना जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बेलौरीको टोली र पुनर्वास नगरपालिकाको दमकल घटनास्थलमा पुगेर तत्काल उद्धार तथा आगो नियन्त्रणको काम थालेका थिए।
प्रहरी, दमकल र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो फैलिनुअघि नै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको छ। आगलागीबाट ट्याक्टर र त्यसमा लोड गरिएको परालमा आंशिक क्षति पुगेको भए पनि चालकसहित अन्य कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
घटनापछि सम्बन्धित निकायले सडकमाथि झुन्डिएका विद्युत् तारप्रति सतर्कता अपनाउन र यस्ता जोखिम न्यूनीकरण गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V