हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वास कंचनपुर माघ १० सनिवार
उद्योग वाणिज्य संघ, पुनर्वासको आयोजनामा “हाम्रो पुनर्वास : राम्रो पुनर्वास” भन्ने मूल नारासहित सञ्चालन हुने भनिएको पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने भएको छ।

संघले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार महोत्सव मिति २०८२ माघ २२ गतेदेखि फागुन ०३ गतेसम्म पुनर्वास–३ स्थित आई.बी.आर.डी. बजार नजिकै रहेको ६५ बिगाहा क्षेत्रफलमा फैलिएको खेलकुद विकास समिति ‘कालिका युवा क्लब’को खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको थियो।
तर, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का कारण निर्वाचन आचारसंहिता लागू भएकोले महोत्सव निर्धारित समयमा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको उद्योग वाणिज्य संघ, पुनर्वासले जनाएको छ। यसबाट सरोकारवालामा पर्न गएको असुविधाप्रति संघले क्षमायाचना समेत गरेको छ।
संघका अनुसार यस सम्बन्धमा भोलि बस्ने कार्यसमितिको बैठकबाट महोत्सव सञ्चालनको नयाँ मिति तय गरिने र सोको जानकारी यथाशीघ्र सार्वजनिक गरिनेछ।
उक्त महोत्सव सफलतापूर्वक सम्पन्न गर्न कार्यालय, क्लब, बजार समिति, विद्यालय तथा विभिन्न संघ–संस्थाहरूसँग आवश्यक समन्वय र सहयोगका लागि उद्योग वाणिज्य संघ, पुनर्वासले हार्दिक अनुरोध गरेको छ।
संघका अध्यक्ष राजकुमार रायमाझी ले सबैको सहयोगले पुनर्वास महोत्सवलाई अझ भव्य र सफल बनाइने विश्वास व्यक्त गरेका छन्।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V