www.enajar.com

पपुलर

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

कालिकोटको भात्तडी स्याउ बगैंचामा आगलागी

कालिकोटको भात्तडी स्याउ बगैंचामा आगलागी

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

कञ्चनपुर–१ मा चुनावी तनाव: स्वतन्त्र उम्मेदवार यादव सिंहद्वारा रास्वपा क्षेत्रीय सभापति जनक चौधरीमाथि दुर्व्यवहारको आरोप

समाचार प्रकाशित मिति :

कञ्चनपुर–१ मा चुनावी तनाव: स्वतन्त्र उम्मेदवार यादव सिंहद्वारा रास्वपा क्षेत्रीय सभापति जनक चौधरीमाथि दुर्व्यवहारको आरोप

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, फागुन १० – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा राजनीतिक आरोप–प्रत्यारोप पनि चुलिन थालेका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति जनक चौधरीमाथि स्वतन्त्र उम्मेदवार यादव सिंहले दुर्व्यवहार गरेको आरोप लगाएका छन्।
स्वतन्त्र उम्मेदवार सिंहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा पुनर्वास नगरपालिका–६ अन्तर्गत सुकुम्बासी बस्ती क्षेत्रमा घरदैलो अभियानका क्रममा आफू अपमानजनक व्यवहारको सिकार भएको दाबी गरेका छन्। उनका अनुसार शुक्रबार दिउँसो करिब १ बजेको समयमा निर्वाचन चिन्ह ‘झोला’ सहित मतदाता भेटघाटमा रहेका बेला जनक चौधरी आफ्ना समर्थकसहित उक्त स्थानमा पुगेका थिए।
सिंहले आरोप लगाउँदै भनेका छन् कि सो क्रममा आफूलाई हेप्ने, थर्काउने तथा “तँ अगाडि जा” जस्ता शब्द प्रयोग गरिएको थियो। उनले उक्त व्यवहारलाई निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै लोकतान्त्रिक अभ्यासमाथि प्रहार भएको टिप्पणी गरेका छन्।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिंहले निष्पक्ष, शान्तिपूर्ण र मर्यादित निर्वाचन वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।
यता, रास्वपा क्षेत्रीय सभापति जनक चौधरीको तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V