www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

बालिका गरिमा चौधरीको ह’त्याविरुद्ध कञ्चनपुरमा निरन्तर प्रदर्शन, दोषीलाई फाँसीको माग

समाचार प्रकाशित मिति :

बालिका गरिमा चौधरीको ह’त्याविरुद्ध कञ्चनपुरमा निरन्तर प्रदर्शन, दोषीलाई फाँसीको माग

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, ०६ भदौ २०८३ – बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको निर्मम हत्याको विरोधमा कञ्चनपुरको भीमदत्त नगरमा विरोध प्रदर्शन र र्‍याली आयोजना गरिएको छ।

​बुधबार भीमदत्त नगरपालिका–४ स्थित मदनचोकलाई केन्द्रविन्दु बनाएर विभिन्न सामाजिक अभियन्ता, संस्थाहरू र स्थानीय नागरिकहरूले दिनभर जसो छुट्टाछुट्टै र्‍याली, धर्ना र कोणसभा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।

बिहानैदेखि प्रदर्शन र बजार परिक्रमा

​बिहान करिब सवा दश बजेतिर युवा समाजसेवी निरज विष्टको नेतृत्वमा जम्मा भएका करिब ४५ देखि ५० जनाको समूहले “गरिमालाई न्याय देउ”, “दोषीलाई कठोर सजाय देउ” भन्ने नाराका साथ भीमदत्त नगर क्षेत्रमा शान्तिपूर्ण र्‍याली निकालि महेन्द्रनगर बजार परिक्रमा गरेको थियो।

​यसैगरी, मध्याह्नको समयमा समाजसेवी सुनिता झुकाल विष्टको नेतृत्वको समूहले मदनचोकमा धर्ना दिएको थियो। “न्याय चाहियो”, “We want Justice”, “न्याय दे, बलात्कारीलाई फाँसी दे” जस्ता नारा लेखिएका प्लेकार्डसहित उत्रिएको उक्त समूह करिब एक घण्टा पश्चिमी  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको गेट अगाडि पुगेर प्रदर्शन गरेका थिए।

​सोही बिषयलाई लिएर ​अपराह्नको समयमा ‘युनाइटेड ब्रदर्स’का अध्यक्ष शशांक रावलको नेतृत्वमा रहेको युवा समुहले “बलात्कारीविरुद्ध हाम्रो आवाज” लेखिएको ब्यानरसहित अर्को शान्तिपूर्ण र्‍याली आयोजना गर्‍यो।

​मदनचोकबाट सुरु भएको उक्त र्‍यालीले महेन्द्रनगर बजार परिक्रमा गर्दै जानकीटोलस्थित जिल्ला प्रहरी कार्यालयको गेटमा पुगेर नाराबाजी गरेको थियो। त्यसपछि पुनः मदनचोकमा फर्किएर कोणसभामा समेत गरि कार्यक्रम समापन भएको थियो।

​प्रदर्शनकारीहरूले पीडित पक्षलाई अविलम्ब न्याय दिलाउन, सुरक्षाको प्रत्याभूति गर्न र दोषीलाई मृत्युदण्ड/फाँसी  सम्मको सजाय दिन माग गरेका छन्।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

सांगीतिक क्षेत्रका प्रेमजोडी

सांगीतिक क्षेत्रका प्रेमजोडी

लत्रिएको विद्युत् तारबाट करेन्ट लागेर बेलौरीमा महिलाको मृत्यु

लत्रिएको विद्युत् तारबाट करेन्ट लागेर बेलौरीमा महिलाको मृत्यु

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

कम्युनिस्ट नेतृत्वको सरकारमा दलित प्रतिनिधित्व शून्य, समावेशितामाथि उठ्यो प्रश्न

कम्युनिस्ट नेतृत्वको सरकारमा दलित प्रतिनिधित्व शून्य, समावेशितामाथि उठ्यो प्रश्न

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V