www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

बन्जिसाइडको भिरबाट हाम फालेका युवक मृत भेटिए ।

समाचार प्रकाशित मिति :

बन्जिसाइडको भिरबाट हाम फालेका युवक मृत भेटिए ।

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर साउन ५ । पर्वतको कुश्मा नगरपालिका-५ स्थित बन्जिसाइडको भिरबाट हाम फालेका युवक मृत भेटिएका छन्।

बाग्लुङ नगरपालिका-१४, नारायणस्थान घर भई हाल कुश्मामा बस्ने ३३ वर्षीय दिपेन्द्र नेपालीले सोमबार राति ९ बजे बन्जिसाइडको भिरबाट हाम फालेका थिए।

तत्कालै सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट खटिएको टोली उद्धारमा खटिएको थियो। राति फेला नपरेपछि मंगलबार बिहानै फेरि खोजबिन थालिएको थियो।

चण्डिका गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त जवानसहित सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो। करिब १३० मिटर तल भिरबाट उनको शव निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

डीएसपी थापाका अनुसार, दिपेन्द्रले सामान्य घरायसी विवादका कारण भीरबाट हाम फालेको पाइएको छ।

 

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V