यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
नवीन पार्की/पुनर्वास– कञ्चनपुरको दक्षिणी सिमा क्षेत्रबाट सशस्त्र प्रहरीले एकै दिन करिब ३ लाख बराबरका भारतबाट तस्करी गरि ल्याइएका समान बरामद गरेको छ ।
आइतबार पुर्नवास नगरपालिका– ९ ‘क’ गाउँबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी दोधाबाट खटिएको मोबाईल गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याएको फल्स सिलिङका सामानहरु बरामद गरेको हो । २ लाख ६ हजार ८०० मूल्य बराबरको उक्त सामानहरु बरामद गरी कैलाली भन्सार कार्यालय धनगढी बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बिओपी दोधाको पैदल गस्ती टोलीले लालझाडी गाउँपालिका– १ राजघाटबाट ८७ हजार ५०० बराबरको लेडिज कपडा बरामद गरेको छ । भारतसङ्ग खुला सिमा जोडिएको कञ्चनपुरको दक्षिणी सिमाका पुर्नवास, बेलौरी र बेलडाँडीका विभिन्न चोर बाटाहरुबाट पछिल्लो समय तस्करी बढ्दै गएको छ । अबैध रुपमा सामान तस्करी सङ्गै सिमाबाट लागु औषध पनि नेपाल भित्रिने गरेको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V