हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
सल्यानको त्रिवेणी गाउँपालिका– ३ टाट्केमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार त्रिवेणी गाउँपालिका–३ स्थित भित्री कच्ची सडकखण्डमा रा ४ प २४३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
मोटरसाइकलको पछाडि सवार दाङको शान्तिनगर गाउँपालिका– १ पेदीखोला निवासी अन्दाजी ३५ वर्षीया जिता केसीले लगाएको दुपट्टा (सल) मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि उनी मोटरसाइकलबाट पल्टिएकी थिइन्। त्यसक्रममा घिसारिँदा उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।
मोटरसाइकल त्रिवेणी गाउँपालिका– ३ पिङखोला निवासी अन्दाजी २८ वर्षीय हरिबहादुर वलीले चलाएका थिए। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लुहामबाट टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। प्रहरी टोली घटनास्थल पुगेपछि दुर्घटनाको विस्तृत विवरण खुल्ने बताइएको छ। मोटरसाइकल चालक वली घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V