हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कंचनपुर । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीस्थित पृथ्वी राजमार्गमा गुडिरहेको बसमा आगलागी भएको छ।
सोमबार बिहान करिब ६ः१० बजे लुम्बिनीबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०८९ नम्बरको बसमा डाइनामोको तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिए।
प्रहरी र बसमा रहेका यात्रुको सहयोगमा करिब पाँच मिनेटमै आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट बसको भित्री इन्जिनमा सामान्य क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V