हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कंचनपुर / माघ २३
”वर्ण विभेद होइन, मानवता हाम्रो पहिचान; विभेद मुक्त शिक्षा, समाज, हाम्रो साझा अभियान” भन्ने मूल नाराका साथ कञ्चनपुरको पुनर्वासमा वर्ण व्यवस्था उन्मूलन समाजको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

पुनर्वास नगरपालिका वडा नं. ४ मा आयोजित उक्त सभा समाजका अध्यक्ष श्री दल बहादुर ओखेडा को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा समाजमा व्याप्त जातीय विभेद र वर्ण व्यवस्थाको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने सन्दर्भमा विशेष छलफल गरिएको थियो।

सभामा “विभेद मुक्त शिक्षा र समाज” निर्माणलाई मुख्य प्राथमिकता दिइएको थियो। मानवतालाई नै प्रमुख पहिचान मानेर समाजमा रहेका कुरीति र विभेदका विरुद्ध साझा अभियान चलाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा प्रमुख दिल बहादुर बि.क विशिष्ट अतिथि टेक बहादुर बि.क लगायत विभिन्न सामाजिक अभियन्ता, पत्रकार र स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। साधारण सभाले संस्थाको आगामी कार्ययोजनालाई अनुमोदन गर्दै सामाजिक न्याय र समानताका लागि सचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने सामूहिक निर्णय गरेको छ।
अध्यक्ष ओखेडाले संस्थाले आगामी दिनमा शिक्षा र सामाजिक चेतनाका माध्यमबाट पुनर्वास क्षेत्रलाई विभेद मुक्त बनाउन थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लेखकको बारेमा

थप आर्टिकलहरु :
सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V