हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर ३१ असार – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य जनक सिंह धामीले किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न बुधबार वन, वातावरण तथा कृषि मन्त्री गीता चौधरीसँग मन्त्रालयमा भेटवार्ता गरेका छन्।
भेटका क्रममा सांसद धामीले धान खेतीको मुख्य सिजनमा कञ्चनपुर–१ अन्तर्गत बेलौरी, पुनर्वास, बेलडाँडी र लालझाडी क्षेत्रमा रासायनिक मलको अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाइ दिन मन्त्री चौधरीसमक्ष आग्रह गरेका हुन।
सांसद धामीको आग्रहपछि मन्त्री चौधरीले रासायनिक मल नेपाल भित्रिने प्रक्रिया सुरु भइसकेकाले अब आपूर्तिमा सहजता आउने विश्वास व्यक्त गरिन्।
साथै उनले बेलौरी, पुनर्वास, बेलडाँडी र लालझाडीका लागि आवश्यक रासायनिक मल आजै पठाउने व्यवस्था मिलाइने जानकारी दिइन्। भेटमा कृषि क्षेत्रका समसामयिक विषय, किसानले भोग्दै आएका समस्या तथा तिनको दीर्घकालीन समाधानका उपायबारे पनि सकारात्मक छलफल भएको सांसद धामीले बताएका छन्।
किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यका साथ गरिएको यस पहलले कञ्चनपुर–१ का कृषकलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यस अघि पनि सांसद धामीले कृषकका समस्याबारेमा सदनम मार्फत सरकारकाे ध्यानाकर्षण समेत गराउनु भएकाे थियाे ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V