यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
४ साउन, कंचनपुर । सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने भएको छ । सरकारी कार्यालयहरूले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोग समक्ष कुनै पनि माग गर्न पाउने छैनन् ।
मुख्यसचिव गोविन्दबहादुर कार्की नेतृत्वमा सोमबार गरेरको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै सरकारी सेवाका लागि तयारी गरिरहेका व्यक्तिहरू प्रभावित हुने भएका छन् ।
नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप नेपाल सरकारका विभिन्न दरबन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले नयाँ दरबन्दीहरू खडा र भर्ना गर्ने काम रोक्न लागेको हो । ‘चालु आर्थिक वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने, नगराउने’ सचिव बैठकको निर्णयमा छ ।
सरकारले यो वर्ष मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारेको छ । कतिपय निकायहरू गाभिएका छन् । यी सबै कारणले यसअघि नै स्थायी पदपूर्ति भएका कर्मचारीहरूलाई काम व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले नयाँ भर्नामा रोक लगाएको हो ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V