www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

कालिकोटको भात्तडी स्याउ बगैंचामा आगलागी

समाचार प्रकाशित मिति :

कालिकोटको भात्तडी स्याउ बगैंचामा आगलागी

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

• कंचनपुर / माघ ८ 

भात्तडीको गाउँ नै जोखिममा छ,’ स्थानीय लक्ष्मीप्रसाद कोइरालाले भने, ‘कैलाश सामुदायिक वनको देवदार, सल्लो र जडिबुटीमा आगलागी भइरहेको छ । त्यहाँ आगो नियन्त्रणमा लिन सकिएको छैन ।


कालिकोट —जिल्लाको तिलागुफा–९ भात्तडीस्थित स्याउ बगैंचामा आगलागी हुँदा चार जना कृषकका १ सय ३० रुख स्याउ र ८० रुख ओखरका बोट जलेका छन् ।

बिहीबार बिहान तिला नदीको किनाराबाट सल्किएको आगो गाल्जेपारिको पाखो हुँदै भात्तडीको स्याउ बगैंचामा पुगेर स्याउ, ओखर र २५ खात खर (सुख्खा घाँस)मा सल्किएको स्थानीय जितेन्द्रबहादुर शाहीले बताए ।

आगलागीबाट तिलागुफा–६ जुविथाका स्याउ बगैंचामा क्षति पुगेको छ । जितेन्द्रले आफ्ना ६० स्याउका बोट, ३५ दाँते ओखरका बोट, स्थानीय नेत्रबहादुर शाहीका २० स्याउका बोट, १५ ओखरका बोट, १० हजार मूल्यको ५ खात गाजो (सुख्खा खर), भरतबहादुर शाहीको २५ स्याउका बोट र २० ओखरका बोट, दिलीप शाहीका २५ स्याउका बोट र १२ ओखरका बोट जलेको बताए ।

आगोले १५ लाख मूल्य बराबरको क्षति भएको स्थानीयको अनुमान छ ।
बिहीबार बिहानैदेखि गाल्जेपारि आगो सल्किएर गाउँ नजिकैको सिमस्थित स्याउ बगैंचामा क्षति पुगेको हो । स्थानीयले स्याउ बगैंचाको आगो बिहीबार बेलुकीमात्रै नियन्त्रणमा लिएका छन् ।
भात्तडीको गाउँ नै जोखिममा छ,’ स्थानीय लक्ष्मीप्रसाद कोइरालाले भने, ‘कैलाश सामुदायिक वनको देवदार, सल्लो र जडिबुटीमा आगलागी भइरहेको छ । त्यहाँ आगो नियन्त्रणमा लिन सकिएको छैन ।’ उनका अनुसार तिला नदीमा माछा मार्न गएका व्यक्तिले आगो ताप्ने क्रममा बालेको आगो पाखोमा सल्किएर आगलागी सुरु भएको हुन सक्ने अनुमान गरे ।

तिलागुफा–९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले भात्तडी गाउँ कटेर वरिपरिको जंगलमा आगलागी भइरहेको सुनाए । भात्तडी गाउँ तल सिम भन्ने ठाउको जुविथाका बासिन्दाको स्याउ बगैंचामा लागेको आगो नियन्त्रणमा आए पनि जंगलमा आगलागी भइरहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनले दिउँसो कैलाश सामुदायिक वनमा आगलागी भएको खबर सुनेर प्रहरी चौकी खल्लागाडबाट असई मीनबहादुर परियारको कमाण्डमा २ जना, प्रहरी चौकी गाल्जेबाट वरिष्ठ प्रहरी हवल्दार नवराज शाहीको नेतृत्वमा ३ जना प्रहरी घटनास्थल गएको सुनाए ।
कालिकोटमा बर्सेनि असावधानीले हुने आगलागीबाट ठूलो मानवीय र भौतिक क्षति हुने गरेको छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।

 

सम्पर्क

हाम्रो टीम

Picture of नवीन पार्की  / प्रकाशक तथा अध्यक्ष

नवीन पार्की / प्रकाशक तथा अध्यक्ष

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2026 eNajar. Website Designed By R4J33V