www.enajar.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

समाचार प्रकाशित मिति :

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउन आवश्यक परे आगामी अधिवेशनबाट आफू नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।

२५ भदौ, कंचनपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउन आवश्यक परे आगामी अधिवेशनबाट आफू नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।

उनले कांग्रेसभित्रको कमजोरी हटाएर फेरि जनताको भरोसा र लोकप्रियता हासिल गर्न आफूले नेतृत्व पनि छाड्न तयार रहेको बताएका हुन् ।

कांग्रेसका पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा बिहीबार स्याङ्जामा आयोजित शोकसभामा बोल्दै सभापति थापाले आगामी अधिवेशनबाट पार्टी नयाँ ढंगले जाने बताए ।

कांग्रेस बलियो बनाउन सबै एक ठाउँमा आउनुपर्ने बताउँदै उनले पार्टीको महत्व र अहिलेको अवस्थालाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने धारणा राखे ।

शासकीय अहंकारका कारण पटक–पटक व्यवस्था हल्लिने गरेको उल्लेख गर्दै उनले गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनलाई पनि त्यसैको एउटा प्रारूपका रूपमा व्याख्या गरे ।

मतदाता कुनै पनि पार्टीको स्थायी नहुने बताउँदै सभापति थापाले समर्थक र शुभेच्छुकको संख्या घट्न नदिन कार्यशैली बदल्नुपर्ने बताए । चुनाव जित्ने र हार्ने विषयलाई मात्र केन्द्रमा राख्दा कांग्रेससँग समर्थक तथा शुभेच्छुक टाढिएको उनको टिप्पणी थियो ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

बाढी प्रभावित नेपाललाई २५ अर्ब दिने विश्व बैंककाे आश्वासन, चीनले नगद र भारतले जिन्सी सहयाेग गर्ने

बाढी प्रभावित नेपाललाई २५ अर्ब दिने विश्व बैंककाे आश्वासन, चीनले नगद र भारतले जिन्सी सहयाेग गर्ने

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

सृजनशिल सहकारीद्वारा स्थापना दिवसमा पुनर्वासको बहिरा स्कुलका बिद्यार्थीलाई शैक्षिक सामाग्री

टेलिग्राममाथि प्रतिबन्ध : तलाउ फोहोर भए त्यसलाई पुर्ने कि सफा गर्ने ?

टेलिग्राममाथि प्रतिबन्ध : तलाउ फोहोर भए त्यसलाई पुर्ने कि सफा गर्ने ?

कैलालीमा खैरो हिरोइनसहित पाँच जना पक्राउ

कैलालीमा खैरो हिरोइनसहित पाँच जना पक्राउ

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V