हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कैलाली । कैलालीमा लागू औषध नियन्त्रण ब्यूरोको टोलीले खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न स्थानबाट लागू औषध खैरो हिरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–२ का २८ वर्षीय रामलाल डगौरा, धनगढी उपमहानगरपालिका–७ का २३ वर्षीय अनिल चौधरी, गोदावरी नगरपालिका–४ का ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय विजय चौधरी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १६ ग्राम २९० मिलिग्राम खैरो हिरोइन र ५ थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V