हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।
आइतबार बिहान करिब ८:३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का २६ वर्षीय चालक अजय थिङ घाइते भएका थिए।

उद्धार गरी प्रदेश अस्पताल दमौली पुर्याइएका थिङलाई चिकित्सकले बिहान ९ बजे मृत घोषणा गरेका थिए । ट्रकका सहचालकको घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V