www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

एक महिलालाई तीन जनाले बलत्कार गरेर फरार

समाचार प्रकाशित मिति :

एक महिलालाई तीन जनाले बलत्कार गरेर फरार

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ।

सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ।

‎सिरहा जिल्ला घर भएकी ती महिला विजयादशमी मनाउन बहिनीको घरमा आएकी थिइन् । गत बुधबार दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि गाउँबाट पश्चिमतर्फको बलान नदी पुगेकी उनी जलप्रवाहपछि ट्याक्टरमा फर्किंदै थिइन्। बाटोमा ट्याक्टरको डिजेल सकिएर रोकिएपछि उनी एक्लै पैदल घरतर्फ जाने क्रममा घटना भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

‎प्रहरीका अनुसार बाटो छेउमा बसेका तीन जना युवकले महिलालाई नियन्त्रणमा लिएर मुख थुनी नजिकैको आँपको बगैँचामा लगेर जबर्जस्ती करणी गरेको आरोप छ। त्यसपछि उनीहरू महिलालाई बेहोस अवस्थामा छाडेर फरार भएको पीडितले बताएकी छन्।

‎अबेरसम्म घर नपुगेपछि खोजीमा निस्किएका आफन्त र स्थानीयवासीले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए।

‎पीडित परिवारका अनुसार घटनापछि गाउँका केही अगुवाले घटना सामसुम पार्न विभिन्न प्रलोभन दिएको आरोपसमेत लगाएका छन्। सो घटनामा गाउँकै तीन जना युवाहरूको संलग्नता रहेको एक जना १९ वर्षीय युवा र दुई जना २१ मुनिको रहेको बताएको छ ।

‎घटनाबारे पीडितले ५ गते बिहीबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी थिइन्।

‎जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई नियन्त्रणमा लिन खोजी भइरहेको साथै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V