www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

समाचार प्रकाशित मिति :

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पाँचथर — आयोजकको तालिका अनुसार दीपक बज्राचार्य र उनको ब्याण्ड (रिदम) को प्रस्तुति शुक्रबार साँझ ८ बजेदेखि सुरु हुनुपर्ने थियो । स्थानीय कलाकारको प्रस्तुति, सम्मान र पुरस्कार वितरण जस्ता कार्यक्रम सकिएर बज्राचार्यलाई स्टेजमा निमन्त्रणा गर्दा ठ्याक्कै रातिको १० बज्यो ।

दर्शक बज्राचार्यको प्रस्तुति सुन्न कुरिरहेका थिए । निमन्त्रणा आउनासाथ स्टेज उक्लिएका रिदम ब्याण्डका कलाकारले वाद्यवादन सामग्री फिजाए, प्राविधिकहरुले यन्त्र जाँचे, माइक्रोफोन मिलाए, इञ्जिनियरले आवाजको गुणस्तर जाँचे सबै कुराको तारतम्य मिलेपछि बज्राचार्यले उपस्थित दर्शकलाई ज्याकेट फुकाउँदै सम्बोधन गर्न थाले ।‘कार्यक्रम आठ बजे नै हुनुपर्थ्यो, हरेक ठाउाको आ–आफ्नै विशेषता हुन्छन् । यतिबेरसम्म कुरिदिनुभयो त्यसका लागि तपाईं सबैलाई आभार ।’ ‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति दिन थाले ।

पहिलो र दोस्रो गीत गाउँदा माहोल तातेन । दोस्रो गीत गाउनुअघि दर्शकलाई आफूसँगै गाएर नाच्न अनुरोध गरे । तेस्रो प्रस्तुति ‘काँचो माया पियारी’ बोलको गीत सुरु गर्नेबित्तिकै स्टेजमुनि रहेका दर्शक उत्साहित बने । चारवटा गीतसम्म माहोल गर्माइसकेको थियो ।

‘मायाको डोरीले’ गीत गाउँदा स्टेजमा धिमे बाजासहित लाखेले पनि प्रस्तिती दिन थाल्यो ।

दर्शक दीर्घामा गीत गाएर साथ दिनेहरु झनै हौसिँदै नाच्न थाले । ‘तपाईहरुको भ्यालेन्टाइन्स कस्तो हुँदै छ त ?’ दीपकले जब प्रश्न गरे– ‘गज्जब।’अगाडिबाट जवाफ आइरहृयो ।

बज्राचार्य र उनको टिमले मध्यरातसम्म २ घण्टासम्म निरन्तर प्रस्तुति दियो । रिदम ब्याण्डसहित पहिलो पटक पाँचथर आएका बज्राचार्यले स्टेजमा ‘मायाको डोरीले’, ‘ओ अमिरा’, ‘काली काली’ हुँदै ‘कसले देला धन’सहित नयाँ–पुराना एक दर्जन गीत गाए ।

यत्तिका गीत गाउँदासम्म नाचेका अधिकांश पसिनाले निथ्रुक्कै भिजिसकेका थिए ।

भ्यालेन्टाइन्स डे अर्थात ‘प्रणय दिवस’ को साँझ आयोजना गरिएको यो कार्यक्रम हेर्न पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम र इलामसम्मका दर्शक फिदिम माध्यमिक विद्यालयको मैदानमा भेला भएका थिए ।

फिदिमका सक्रिय युवाहरुले स्थापना गरेको सामाजिक संस्था ‘हेल्प टुगेदर फाउण्डेसन’ को आयोजनामा बज्राचार्य र उनको ब्याण्ड रिदम पाँचगरमा पहिलोपटक प्रस्तुति दिएन आएको हो ।

कन्सयर्टमा समावेश गरिएका नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाच आदीले आफ्नो मन खिचेको तेह्रथुमको आठराईबाट आएकी रमा कन्दङवाले बताइन् ।

युवा पुस्तामाँझ बढ्दो लागू पदार्थ दुर्व्यसन न्यूनीकरणसँगै गीत र संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन यो कार्यक्रम आयोजना गरिएको आयोजक हेल्प टुगेदर फाउण्डेसनका अध्यक्ष सुशिल श्रेष्ठले बताए ।

बज्राचार्य उपस्थित कन्सर्ट हेर्न अधिकांश युवा युवती भेला भएका थिए । सदरमुकामसँगै ग्रामीण क्षेत्रबाट कोही जोडी कसेर, कोही हुल बाँधेर त कोही गाडी नै रिजर्ब गरेर आएका प्रशंसकहरुले बज्राचार्यको लाइभ कन्सर्ट उत्साह साथ हेरे ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V