www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

समाचार प्रकाशित मिति :

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ‘जनसम्पर्क तथा अभिवादन अभियान’ का लागि आज सुदूरपश्चिम भ्रमणमा छन् ।

नेता शाहले आज एकैदिन कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पुगेर सर्वसाधारणसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार अभियानको सुरुवात आज बिहान ७ बजे कैलालीको राजापुरबाट हुनेछ । त्यहाँ स्वागत तथा अभिवादन कार्यक्रम सकिएपछि उनी टिकापुर प्रस्थान गर्ने छन् ।

बिहान ८ देखि ९ बजेसम्म टिकापुर बजारस्थित घन्टाघर र कुमारी बैंक नजिकै विशेष कार्यक्रम आयोजना गरिएको छ ।

त्यसपश्चात नेता बालेन लम्की बजार, लम्की–बर्दगोरिया, सुखड, पहलमानपुर, मसुरीया र चौमाला हुँदै अत्तरिया पुग्ने कार्यक्रम छ।

अत्तरियाको घन्टाघरमा दिउँसो १ बजे खाजा तथा संक्षिप्त भेटघाट कार्यक्रम तय गरिएको छ । दिउँसो २:३० देखि ३:३० सम्म धनगढी बजारमा स्वागत तथा अभिवादन कार्यक्रम हुनेछ ।

कञ्चनपुरको तालिका

कैलालीको कार्यक्रम सकेर नेता शाह अपराह्न ३:३० बजे कञ्चनपुर प्रस्थान गर्ने छन् । कञ्चनपुरमा उनले पुनर्वास चोक, झलारी र महेन्द्रनगर बजारमा आयोजना हुने कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन् ।

साँझ ६:१० देखि ७:०० बजेसम्म महेन्द्रनगर बजारको घन्टाघर वा मदन चोकमा अन्तिम स्वागत कार्यक्रम राखिएको छ ।

दिनभरिको व्यस्त तालिकापछि उनी आज राति कञ्चनपुरमै रात्रि विश्राम गर्ने आयोजकले जनाएको छ । यस अभियानलाई रास्वपाले संगठन विस्तार र जनताको सुझाव संकलन गर्ने महत्वपूर्ण कडीका रूपमा हेरेको छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V