यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर-स्वर्गीय जयराज भट्ट क्षमता विकास तथा सशक्तीकरण कार्यक्रम’ अन्तर्गत विद्यालयस्तरका युवायुवती तथा विद्यार्थीका लागि आयोजित ३ दिने क्षमता विकास तथा नेतृत्व अभिवृद्धि कार्यक्रम समापन भएको छ। सामाजिक विकास कार्यालय कञ्चनपुरको आयोजनामा

बिहीबारदेखि सञ्चालन भएको कार्यक्रम भीमदत्त नगरपालिका–१८ स्थित शिक्षा तालिम उपकेन्द्रमा
शनिवार सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी युवायुवती तथा विद्यार्थीहरूलाई नेतृत्व विकास, व्यक्तित्व निर्माण, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा जीवनोपयोगी सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले आफ्नो क्षमता विकास गर्न तथा समाजमा सकारात्मक भूमिका निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन्।
समापन कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख भीमबहादुर बुढाले युवाभित्र रहेका प्रतिभा र क्षमतालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले समाजमा रहेका नकारात्मक सोचलाई परिवर्तन गर्दै सकारात्मक सोच र रूपान्तरणकारी नेतृत्व विकास गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।
हरेक मानिस कुनै न कुनै प्रतिभा लिएर जन्मिएको हुन्छ। ती प्रतिभालाई लुकाएर मात्र होइन, बाहिर ल्याएर उजागर गर्नुपर्छ,” प्रमुख बुढाले जानकारी दिनुभयो
त्यसैगरी प्रशिक्षक डमरा पन्त र प्रभु निधि पन्तले समाजमा सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिँदै युवाहरूले उज्यालो दृष्टिकोणका साथ आफ्नो क्षमता र जिम्मेवारीलाई पहिचान गर्नुपर्ने बताए।
कार्यक्रममा स्वर्गीय जयराज भट्टलाई समाजसेवा, शिक्षा तथा युवा सशक्तीकरणका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वका रूपमा स्मरण गरिएको थियो। आयोजकका अनुसार युवाको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो |

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V