www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

पुनर्वास राष्ट्रपति रनिङ शिल्डको उपाधि ९ स्वर्णसहित श्री विजय मा.वि.लाई, जीवन ज्योति दोस्रो

समाचार प्रकाशित मिति :

पुनर्वास राष्ट्रपति रनिङ शिल्डको उपाधि ९ स्वर्णसहित श्री विजय मा.वि.लाई, जीवन ज्योति दोस्रो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर/२० माघ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजित स्थानीय तह स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ पुनर्वास नगरपालिका–६ स्थित श्री जीवनज्योति माध्यमिक विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।
नगरपालिका भित्रका सरकारी तथा निजी गरी २५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा पुनर्वास नगरपालिका–१० मा रहेको श्री विजय माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ।

विजय माध्यमिक विद्यालयले प्रतियोगिताभर ९ स्वर्ण, ५ रजत र ५ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको हो।
त्यसैगरी, प्रतियोगिताको आयोजक विद्यालय श्री जीवनज्योति माध्यमिक विद्यालयले ८ स्वर्ण, ४ रजत र ८ कास्य पदक प्राप्त गर्दै प्रतियोगिताको उप–विजेता बन्न सफल भएको छ।

यस्तै, पुनर्वास नगरपालिका–६ मा रहेको श्री पुनर्वास जनता माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत र ९ कास्य पदक जित्दै प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल भएको छ।

सो प्रतियोगिता माघ १८ गतेदेखि २० गते आजसम्म सञ्चालन भएको थियो ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।

 

सम्पर्क

हाम्रो टीम

Picture of नवीन पार्की  / प्रकाशक तथा अध्यक्ष

नवीन पार्की / प्रकाशक तथा अध्यक्ष

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2026 eNajar. Website Designed By R4J33V