www.enajar.com

पपुलर

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

युगान्तकारी चिन्तक मार्क्स र ओशो

समाचार प्रकाशित मिति :

युगान्तकारी चिन्तक मार्क्स र ओशो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

आधुनिक विश्वमा वैचारिक उथलपुथल ल्याउने कृतिमा कार्ल मार्क्सको ‘पूँजी’ र आचार्य रजनीश (ओशो) को ‘सम्भोगदेखि समाधिसम्म’ अग्रपङ्क्तिमा छन् । यी कृतिले जति समाजमा बहस, विरोध र समर्थन अन्यले पाएका छैनन् । यी कृतिका सन्दर्भमा समाज नै समर्थन र विरोधमा विभाजित हुँदै आएको छ ।

अर्थ–राजनीतिक, सामाजिक, दार्शनिक कार्ल मार्क्सले १८६७ मा प्रकाशित ‘पूँजी’ आर्थिक दर्शनको क्रान्तिकारी कृति थियो, यसले आर्थिक आयामबाट समाज, शक्ति सम्बन्ध र उत्पादन प्रणालीलाई पुनर्बोध गर्न पुग्यो । यसलाई राजनैतिक समाजबाट उग्र विरोध र अन्ध समर्थन गरियो । साम्यवादी समाज निर्माण गर्न र द्वन्द्वात्मक भौतिकवाद मार्फत सामाजिक परिवर्तन गर्न यस कृतिले निकै ठूलो योगदान पुर्‍यायो । यसैको जगमा क्रान्तिकारी साहित्य, मार्क्सेली साहित्य, प्रगतिवादी साहित्यको समेत जन्म भएको छ ।

मार्क्सले विकास र एङ्गेल्सले व्याख्या गरेको अवधारणाले पुस्तौं पुस्तालाई आर्थिक, सामाजिक संरचना परिवर्तन गर्ने पृष्ठभूमि तयार गरेको छ । दर्शन दिएर मात्र होइन, मुख्य कुरा समाज बदल्नुमा दर्शनको सफलता देख्ने कार्ल मार्क्सका दर्शन समाजमा परिवर्तन गर्ने कारक बन्न सक्यो ।

चन्द्रमोहन जैन (जो पछि आचार्य रजनीश र त्यसपछि ओशो बने) को सन् १९८१ मा प्रकाशित ‘सम्भोगदेखि समाधिसम्म’ ले समाजमा वैचारिक उथलपुथल नै ल्याइदियो । उदार सोच, नयाँ अनुभव र आत्मचेतनाका कारण उनको कृतिले आत्मिक क्रान्ति ल्याइदियो । यो लेखिएको कृति होइन, बोलिएको कृति थियो, जसलाई पछि ओशोका अनुयायीहरूले लिपिबद्ध गरेका थिए । यौनका विषयमा समाजमा रहेको भ्रमहरूलाई यसले चिरेको छ । यो कृति यौनका विषयमा नभई यौनका विषयमा गरिएका अतिक्रमण, दमन र भ्रमका विषयमा गहन प्रकाश पार्दछ ।

दुई हजार वर्ष अघिको आचार्य वात्स्यायनको कामसूत्र धर्म, अर्थको नियमनबाट सुख प्राप्ति गर्ने विधानलाई आचार्य रजनीशले नयाँ कलेवरमा व्याख्या गरेका छन् । भौतिक सुख र आत्मिक खुशीको संयोजन सम्भोगदेखि समाधिसम्म हो । कामसूत्रले कामको आनन्द र नियम आदरमा जुन विश्लेषण गरिएको थियो, ओशोले सामयिक व्याख्या गरेर त्यही स्वाधीनता र चरम आनन्दको व्यावहारिक अभीष्ट देखाएका छन् ।

साधना, सम्भोग र सुखलाई आत्मिक स्पर्शसाथ व्याख्या गर्ने हिम्मत युगान्तकारी थियो । ओशोका विचार–व्याख्याहरू जीवन्त खुशीको खोजी गर्छन्, जसका लागि शरीर र आत्माको योग चाहिन्छ । शरीर आत्माको सम्मिलनमा चरम खुशी पाउन सकिन्छ, मानिस बुद्धि र विवेकका नाममा त्यसैलाई भुलिरहेको छ भन्ने निष्कर्ष ओशोको छ । भौतिक र आत्मिक पक्ष आपस्तमा सम्मिलनमा नपुगेसम्म दुवै अपूरो रहन्छन्, अर्थात् जीवन अपूर्ण हुन्छ ।

साधना, सम्भोग र सुखलाई आत्मिक स्पर्शसाथ व्याख्या गर्ने हिम्मत युगान्तकारी थियो । ओशोका विचार–व्याख्याहरू जीवन्त खुशीको खोजी गर्छन्, जसका लागि शरीर र आत्माको योग चाहिन्छ । शरीर आत्माको सम्मिलनमा चरम खुशी पाउन सकिन्छ, मानिस बुद्धि र विवेकका नाममा त्यसैलाई भुलिरहेको छ भन्ने निष्कर्ष ओशोको छ । भौतिक र आत्मिक पक्ष आपस्तमा सम्मिलनमा नपुगेसम्म दुवै अपूरो रहन्छन्, अर्थात् जीवन अपूर्ण हुन्छ ।

ओशो पूर्ण स्वतन्त्रताका पक्षमा छन् । उनको ‘सम्भोगदेखि समाधिसम्म’ पुस्तक र यौन, पैसा र शक्तिका विषयका अभिव्यक्तिले मानिसको पूर्ण स्वतन्त्रताको व्याख्या गर्दछ । धर्म, परम्परा र गलत रितिथितिले मानिसलाई भय, त्रास र भ्रममा पारेर स्वतन्त्रतालाई साँघुर्‍याउँदै आएको छ । धर्मगुरुहरू, राजनीतिज्ञ र समाजका बुद्धिजीवी भनिएकाहरू यसैको आधारमा आफ्नो प्रभुत्व र अहङ्कार कायम गरिरहेका छन् ।

उनले भनेका थिए– ‘धर्मले यौनलाई विषाक्त पार्छ । यसले यौनलाई गलत हो, खराब हो, पाप हो र तपाईंलाई नर्क पुर्‍याउँछ भन्छ । यस्ता मानिसहरू तपाईंलाई पक्षमा पार्न चाहन्छन् । त्यसैले यौनका विरुद्धमा छन् । तपाईंहरूलाई वशमा पार्न डराउने, तर्साउने मेरो कुनै विचार छैन । म तपाईंलाई पूर्ण स्वतन्त्र बनाउन चाहन्छु ।’ यी गलत रितिथिति, भ्रम र त्रासले गर्दा हाम्रो समग्र समाजलाई नै अनगिन्ती वियोगान्त कथा जस्तो बनाएको छ । जस अनुसार जीवनमा आनन्द लिनु गलत हो ।

ओशोका अर्थमा दुनियाँलाई अस्वस्थ र निषेधित गरेर मानिसहरूको शक्तिको मार्ग अवरुद्ध गर्नुहुँदैन । मानिस आफ्नो शक्तिलाई या त दबाउँछ वा परिवर्तन गर्दछ । शक्तिलाई परिवर्तन गरेर रूपान्तरण र मुक्ति खोज्नु सम्भोगदेखि समाधिसम्मको वैचारिक ऊर्जा हो । ओशोका अनुसार सिर्जनाको शुरुआत उत्तेजनाबाट हुन्छ । जागरुकता र स्वीकृतिले सम्भोगले शक्ति र मुक्ति दिन्छ ।

 

यस अर्थमा ओशोले आफ्नो कृति (अभिव्यक्ति) मार्फत समाजमा यौन तथा साधनाका विषयमा सोच्ने, बोल्ने, गर्ने विचारमा आमूल परिवर्तन ल्याइदिए । त्यति मात्र होइन उनको विचारका अनुयायीहरूले यसलाई वास्तविक प्रयोग गर्न रजनिशपुरम नामको आध्यात्मिक बस्ती (स्पिरिच्युएल सिटी) र कैयन् साधना शिविरहरू निर्माण गरे । विश्वका कुना–कुनामा ओशो आश्रमहरूमा मानिसहरू मोक्ष र आनन्दको आत्मिक खोजमा छन् ।

धर्म, राजनीति र सम्पत्तिका विषयमा पनि ओशोका विचार परिवर्तनकारी छन् । उनी भन्छन्, धर्म र राजनीति सँगसँगै जान सक्दैनन् । किनकि धार्मिक हुन मानिसले महत्वाकांक्षा त्याग्न सक्नुपर्छ । राजनीतिज्ञले कहाँ त्यसो गर्न सक्छ र ? पूँजीवादका सन्दर्भमा पनि उनको विचार निकै तार्किक र क्रान्तिकारी छ ।

उनका अनुसार पूँजीवादको कारण वैयक्तिक सम्पत्ति हो, वैयक्तिक सम्पत्तिमाथि स्वामित्वको कारण चाहिं पुरुषले आफ्नी पत्नीलाई एकाधिकार यौन अधिकारमा राख्ने चाहना हो । आफ्नी पत्नीलाई यौन अधीनस्थतामा राख्ने सोचका साथ पूँजी र यसप्रतिको स्वामित्व प्रभावशाली भएर आएको हो । त्यसैले पारिवारिक संगठन रहेसम्म समाज पूँजीवादी रहिनैरहन्छ ।

पूँजीवादको विरोध गर्नु सम्पत्ति सिर्जना र स्वामित्वमाथिको विरोध हो जुन व्यवस्थित समाजमा असम्भव छ । पूँजीवादलाई फ्रेडरिक हायक र मिल्टन फ्रायडम्यानले भन्दा पनि छुट्टै तर व्यावहारिक तर्कसाथ उनको व्यख्या छ । अन्ततः उनकै विचारका कारण उनलाई आइकोनिक पर्सन र उनका विचारहरू डिस्परिटभ आइडियाका रूपमा संसारभरि फैलिएको छ । उनको विचार र व्यक्तित्वको जति चर्चा उनको समयमा केले पायो र ? संस्थापित संरचना र परम्पराप्रति ओशोको विचारले जति तहल्का अन्य कृतिले मच्चाउन सकेकै छैन ।

यसर्थ ‘पूँजी’ (दास क्यापिटल) र ‘सम्भोगदेखि समाधिसम्म’ (फ्रम सेक्स टु सुपरसन्ससेस) युगान्तकारी कृति थिए र चन्द्रमोहन जैन (ओशो) र कार्ल मार्क्स युगान्तकारी स्रष्टा । मार्क्सले भौतिक समाजको अध्ययन मिहीन रूपमा जसरी गरेका थिए, ओशोले सामाजिक चिन्तन र व्यवहारलाई मथिङ्गलमा अद्भुत प्रज्ञाले मथे । यस्ता स्रष्टा र सिर्जना समाजले सितिमिति पाउँदैन, शताब्दीमा एकाध मात्र समाजले पाउँछ र तिनलाई उछिन्न कैयन् शताब्दी लाग्न सक्छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।

 

सम्पर्क

हाम्रो टीम

Picture of नवीन पार्की  / प्रकाशक तथा अध्यक्ष

नवीन पार्की / प्रकाशक तथा अध्यक्ष

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2026 eNajar. Website Designed By R4J33V