www.enajar.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

समाचार प्रकाशित मिति :

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर / चैत ४ 

लालझाडी गाउँपालिका वडा नं. ३ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

आयोजित आम भेलामा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, खेलप्रेमी, शिक्षाप्रेमी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

नवगठित समितिको अध्यक्षमा पृथी राना चयन भएका छन्। सदस्यहरूमा मिना चौधरी, मोहन राना, भागरथी भट्ट, शान्ति चौधरी, राम प्यारी चौधरी रहेका छन् भने वडा अध्यक्ष टिकाराम डंगौरा, शिक्षक प्रतिनिधि वीरबहादुर केसी र पूर्व विव्यस अध्यक्ष विश्राम चौधरी समेत समितिमा आवद्ध छन्।
कार्यक्रम लालझाडी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सिद्धराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

आम भेलाबाट गठन भएको नयाँ समितिले विद्यालयको गुणस्तरीय शिक्षा अभिवृद्धि, भौतिक पूर्वाधार विकास, खेलकुद क्षेत्रको प्रवर्द्धन, बालबालिकामा नैतिकता र इमान्दारिता विकास जस्ता विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ। साथै, बालविकास, बाल क्लब, सांस्कृतिक कार्यक्रम लगायतका गतिविधिहरूलाई सशक्त बनाउँदै विद्यालयलाई नमुना शिक्षण संस्थाको रूपमा विकास गर्ने रणनीति अघि बढाइने बताइएको छ।

विद्यालयले यसअघि पनि विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्य राखिएको छ।

विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपानेले नवगठित समितिले निस्वार्थ भावनाका साथ काम गर्दै शिक्षा क्षेत्रलाई पवित्र ‘शिक्षा मन्दिर’का रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले यस भेलामा अभिभावकका रूपमा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै नवगठित समितिका पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो। साथै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई छुट्टै पहिचान दिलाउने दिशामा सबै पक्ष एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।

 

सम्पर्क

हाम्रो टीम

Picture of नवीन पार्की  / प्रकाशक तथा अध्यक्ष

नवीन पार्की / प्रकाशक तथा अध्यक्ष

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2026 eNajar. Website Designed By R4J33V