www.enajar.com

पपुलर

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

समाचार प्रकाशित मिति :

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा रु १५ करोड सहयोग गरेको छ ।

प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले रु १५ करोडको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुटाउने क्रम जारी छ । सोही क्रममा प्राधिकरणले विपद् व्यवस्थापनमा संस्थागत योगदान गर्ने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको हो।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई समेत बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगसँगै प्राधिकरणका कर्मचारी तथा पदाधिकारीबाट समेत आर्थिक योगदान गर्ने निर्णय भएको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक सहयोगका लागि कर्मचारीको तलब र पदाधिकारीको पारिश्रमिक तथा बैठक भत्ताबाट रकम योगदान गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले आफ्नो सुरु तलब स्केलको आठ दिनबराबरको रकम योगदान गर्नेछन् । त्यसैगरी अधिकृत द्वितीय श्रेणीका कर्मचारीले छ दिन र अधिकृत तृतीय श्रेणीका कर्मचारीले चार दिन बराबरको तलब योगदान गर्ने निर्णय गरिएको छ । सहायकस्तरका कर्मचारीबाट दुई दिनबराबरको तलब तथा श्रेणीविहीन कर्मचारीबाट एक दिनबराबरको तलब योगदान गरिनेछ।

त्यस्तै, प्राधिकरणका अध्यक्षले आफ्नो १० दिन बराबरको तलब र दुई बोर्ड बैठक भत्ता योगदान गर्ने निर्णय भएको छ । प्राधिकरणका बोर्ड सदस्यहरूले समेत दुई दिनको बोर्ड बैठक भत्ताबराबरको रकम विपद् प्रभावितका लागि योगदान गर्ने निर्णय गरिएको छ।

भोटेकोशी बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । दूरसञ्चार क्षेत्रसमेत विपद्का समयमा सञ्चार सम्पर्कलाई निरन्तरता दिनुपर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले प्राधिकरणले सेवा प्रदायकलाई प्रभावित क्षेत्रमा सेवा सञ्चालन तथा विपद् व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

प्राधिकरणले विपद्का समयमा सञ्चार सेवा अवरुद्ध हुन नदिन तथा प्रभावित क्षेत्रमा दूरसञ्चार पूर्वाधारको पुनःस्थापना र सेवा सञ्चालनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

 

 

 

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V