www.enajar.com

पपुलर

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

समाचार प्रकाशित मिति :

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर / चैत्र ११

गर्भावस्थाको समयमा आमा र बच्चा दुवैका लागि सही खानपान जरुरी हुन्छ ।

 

गर्भावस्थामा आमाले जस्तो खानपान गर्छन्, त्यसको सोझो प्रभाव गर्भको शिशुमा पर्छ । त्यही कारणले गर्भावस्थामा सन्तुलित आहार विशेष महत्व रहेको विज्ञहरू बताउँछन् । गर्भवती महिलाले खाएको खाना शिशुको पोषणको मुख्य स्रोत हो । भरपुर पोषकतत्व भएको खानेकुराको सेवन गरेमा शिशुको वृद्धि विकासमा राम्रो हुन्छ ।

सामान्य अवस्थामा भन्दा गर्भावस्थामा पोषक तत्त्वमा वृद्धि गर्नुपर्छ त भनिन्छ तर कुन खाना कति खाने भन्ने कुराको ज्ञान कमैलाई मात्र हुन्छ । यस्तोमा गर्भावस्थाको खानपान कस्तो हुनुपर्छ ? कस्ता खानेकुराबाट बच्नुपर्छ ? लगायतको कुरा थाहा हुनु आवश्यक छ ।

गर्भावस्थामा सही खानपान किन ?

गर्भावस्थाको समयमा सही खानपान लिनु आमा र बच्चा दुवैका लागि महत्त्वपूर्ण हुन्छ । यो समयमा शरीरलाई अतिरिक्त पोषणको आवश्यकता हुन्छ ता कि, बच्चाको सही विकास होस् र आमालाई पनि पर्याप्त ऊर्जा प्राप्त होस् । सही खानपानले गर्भावस्थामा कमजोरी, रक्त अल्पता, उच्च रक्तचाप जस्ता समस्याहरू कम हुन्छन् ।

साथै, सही खानपानले रोग प्रतिरोधक क्षमता बलियो रहन्छ र सङ्क्रमणबाट बच्न सकिन्छ । सही पोषक तत्त्वहरूको सेवनले प्रसवपछि रिकभरी छिटो हुन्छ र शरीरको तागत कायम रहन्छ ।

गर्भावस्थाको खानपान तालिका

गर्भावस्थामा सन्तुलित खानपानले आवश्यक पोषक तत्त्वहरू जस्तै प्रोटिन, भिटामिन र खनिजहरू प्राप्त हुन्छन् । यो समयमा पर्याप्त पानी पिउनु पनि जरुरी हुन्छ । गर्भवती महिलाले आफ्नो खानामा हरियो सागसब्जी, फलफूल, दाल र अन्न तथा गेडागुडी समावेश गर्नुपर्छ । यसले आवश्यक ऊर्जा प्रदान गर्छ र गर्भवती महिलाको तौल पनि सन्तुलित रहन्छ।

कुन त्रैमासिकमा कुन–कुन चीजहरू खान जरुरी छ

पहिलो त्रैमासिक (१–१२ हप्ता)

पहिलो त्रैमासिकमा शरीरमा धेरै परिवर्तनहरू हुन्छन्, र सही खानपानले बच्चाको स्वास्थ्य राम्रो रहन्छ । यो समयमा हल्का र पौष्टिक खाना खानुपर्छ ।

बिहानको खाजा

एक गिलास मनतातो पानी
४ वटा बदाम
१ वटा ओखर

मध्य–बिहानको खाजा

दूध १ ग्लास
मल्टिग्रेन पाउरोटी २ वटा
१ वटा उसिनेको अण्डा
१ वटा केरा

दिउँसोको खाना

२ कचौरा भात
१ कचौरा दाल
हरियो सागसब्जी, सलाद
एक कचौरा दही
कुखुराको मासु वा पनिर आधा कचौरा

अपरान्हको खाजा

१ कप मखाना वा भुटेको चना
१ कप फलफूल
१ कप ग्रिन टि वा हर्बल चिया

रातको खाना

२ वटा रोटी
१ कप दाल
दाल वा तरकारी
एक कचौरा सलाद

दोस्रो त्रैमासिक (१३–२६ हप्ता)

दोस्रो त्रैमासिकमा बच्चा तीव्र गतिमा बढ्छ । त्यसैले यो समयमा आमाको खानामा क्यालोरी, प्रोटिन र क्याल्सियम बढाउनुपर्छ । यो समयमा सही पोषण र पर्याप्त ऊर्जाको आवश्यकता हुन्छ ।

बिहानको खाजा

एक गिलास मनतातो पानी
४ वटा बदाम
२ वटा ओखर

मध्य–बिहानको खाजा
आटाको परौठा २ वटा
१ कप दही वा दूध

दिउँसोको खाना

भात २ कप
चिकेन करी, तोफु, पनिर आधा कचौरा
२–३ वटा रोटी वा एक कचौरा खाना
एक कचौरा दही
१ कचौरा सलाद

दिउँसोको खाजा

१ ग्लास दूध
चना तरकारी १ कप

रातको खाना

२ वटा रोटी
हरियो तरकारी
एक कचौरा दाल

तेस्रो त्रैमासिक (२७–४० हप्ता)

तेस्रो क्रैमासिकमा बच्चाको विकास तीव्र गतिमा हुन्छ, र यो समयमा आमालाई अतिरित्त पोषक तत्त्वहरूको आवश्यकता हुन्छ । सही खानपानले गर्भवती महिलालाई तागत प्रदान गर्छ र बच्चाको सही विकास हुन्छ ।

बिहानको खाजा

१ गिलास मनतातो पानी
४ वटा बदाम
२ वटा ओखर

मध्य–बिहानको खाजा

आटाको परौठा २ वटा वा दुई वटा मल्टी ग्रेन पाउरोटी
१ कप दही वा दूध

दिउँसोको खाना

दुई कचौरा भात
एक कचौरा दाल
हरियो सागसब्जी
१ दही
एक कचौरा सलाद

दिउँसोको खाजा

एक मुठी मखाना
१ कप ग्रिन टि वा नरिवल पानी
१ फल

रातको खाना

२–३ वटा रोटी
दाल
हरियो तरकारी

ध्यान दिनुपर्ने कुरा

यो खानपान तालिका सामान्य सुझाव हो । आफ्नो अवस्थाको आधारमा खानपानमा परिवर्तन गर्नुअघि आफ्नो चिकित्सक वा पोषणविद्सँग सल्लाह लिनुपर्छ ।

गर्भावस्थामा बच्नुपर्ने खाद्य पदार्थहरू

गर्भावस्थाको समयमा सही खानपानको छनोट अत्यन्त महत्त्वपूर्ण हुन्छ । यद्यपि, केही खाद्य पदार्थहरूबाट बच्नुपर्छ, किनभने तिनीहरूले आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छन् । यो समयमा शरीरमा धेरै परिवर्तनहरू भइरहेका हुन्छन्, त्यसैले सावधानी अपनाउन जरुरी छ ।

गर्भावस्थामा कस्ता खानेकुरा नखाने ?

तारेको खाना र प्रशोधित खाना : यस्ता खानामा धेरै तेल र बोसो हुन्छ, जसले तौल बढाउन सक्छ । पाचनमा समस्या निम्त्याउन सक्छ ।

राम्ररी नपाकेको मासु र अण्डा : काँचो वा आधा पाकेको मासु र अण्डा खाँदा खाद्यजन्य रोगहरू हुन सक्छन्, जुन गर्भवती महिलाका लागि खतरनाक हुन सक्छ ।

प्याकेट बन्द खाना : यस्ता खाद्य पदार्थहरूमा अत्यधिक नुन, चिनी र प्रिजर्वेटिभ्स हुन्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

क्याफिन र रक्सी : धेरै क्याफिन र रक्सीबाट बच्नुपर्छ । यिनीहरूले गर्भमा रहेको बच्चाको विकासमा असर पार्न सक्छन् र गर्भपातको जोखिम बढाउछ ।

नपखालिएका फलफूल र सागसब्जी : फोहोर फलफूल र सागसब्जी खाँदा ब्याक्टेरिया र कीटाणुहरू शरीरमा प्रवेश गर्न सक्छन्, जसले संक्रमण निम्त्याउन सक्छ ।

गर्भवती महिलाको जीवनशैली कस्तो हुनुपर्छ ?

गर्भावस्थामा शारीरिक र मानसिक दुवै प्रकारका परिवर्तनहरूको सामना गर्नुपर्छ । यो समयमा सही जीवनशैली अपनाउनु अत्यन्त जरुरी छ ता कि आमा र बच्चा दुवै स्वस्थ रहन सकुन् । सही खानपान, व्यायाम र पर्याप्त आरामले गर्भावस्थाको समयलाई आरामदायक र सुरक्षित बनाउन सकिन्छ ।

स्वस्थ खानपान : गर्भावस्थामा सही पोषण लिनु जरुरी हुन्छ । त्यसैले खानामा ताजा फलफूल, सागसब्जी, साबुत अन्न र प्रोटिनयुक्त खानाको सेवन गर्नुपर्छ । यसले आमालाई आवश्यक ऊर्जा प्रदान गर्छ र बच्चाको विकास राम्रोसँग हुन्छ ।

नियमित व्यायाम : हल्का व्यायाम, जस्तै हिँड्ने वा योग गर्भवती महिलाको शरीरलाई सक्रिय राख्न मद्दत गर्छ । यसले दुखाइ कम गर्न र मानसिक अवस्थालाई राम्रो राख्न सहयोग गर्छ ।

पर्याप्त पानी : शरीरलाई हाइड्रेटेड राख्नु अत्यन्त जरुरी हुन्छ, विशेष गरी गर्भावस्थामा । यसले कब्जियत र थकान जस्ता समस्याहरूलाई कम गर्छ ।

पर्याप्त आराम : गर्भावस्थामा शरीरलाई धेरै आरामको आवश्यकता हुन्छ । दिनमा केही समयको आराम र रातमा पूर्ण निद्रा लिनुपर्छ जसले गर्दा ताजा महसुस हुन्छ ।

तनावमुक्त दैनिकी : गर्भावस्थामा मानसिक स्वास्थ्यको पनि राम्ररी ख्याल राख्नुपर्छ । गहिरो सास लिने, ध्यान गर्ने, आफ्नो सौख पूरा गर्ने गर्नुपर्छ । यसले मानसिक अवस्थालाई शान्त र स्थिर राख्छ ।

नियमित जाँच : गर्भावस्थामा नियमित जाँच गराउनु अत्यन्त जरुरी हुन्छ । यसले कुनै पनि समस्याको समयमै पहिचान हुन्छ र आमा, बच्चा दुवैको स्वास्थ्यमा ध्यान राख्न सकिन्छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V