www.enajar.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

मुक्ति समाज नेपालको पहलमा दलित भेला सम्पन्न, फागुन २१ लक्षित गर्दै एमालेको तयारी तीव्र

समाचार प्रकाशित मिति :

मुक्ति समाज नेपालको पहलमा दलित भेला सम्पन्न, फागुन २१ लक्षित गर्दै एमालेको तयारी तीव्र

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

• कञ्चनपुर, / फागुन १४ 
मुक्ति समाज नेपालको आयोजनामा तथा केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भारमल सुनारको समन्वयमा पुनर्वास– क्षेत्रमा दलित समुदायको भेला सम्पन्न भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ को सामुदायिक परिचालन उप–समिति अन्तर्गत आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्य कमला बोहरा प्रमुख अतिथि रहनुभएको थियो भने जिल्ला कमिटी सचिव पल्लव राज भट्टको विशेष उपस्थिति रहेको थियो।

भेलामा कञ्चनपुर क्षेत्र नम्बर–१ का एमाले उम्मेदवार तारा लामा तामाङलाई अत्याधिक मतले विजयी गराउने रणनीति, घरदैलो अभियान र मतदाता परिचालनलाई तीव्र बनाउने विषयमा छलफल गरिएको थियो। पुनर्वास नगर कमिटीका अध्यक्ष राम सिंह बिष्टले भन्नुभयो, “दलित समुदायको सम्मान र अधिकार सुनिश्चित गर्न एमाले प्रतिबद्ध छ। आगामी निर्वाचनमा एकताबद्ध भएर उम्मेदवारलाई जिताउन सबै जुट्नुपर्छ।

पुनर्वास नगर इन्चार्ज तथा निर्वाचन परिचालन समितिका आर्थिक विभाग प्रमुख आरपी सार्कीले भन्नुभयो, “फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आर्थिक तथा संगठनात्मक तयारी तीव्र बनाइएको छ। प्रत्येक टोलमा पुगेर मतदाता परिचालन सशक्त बनाइनेछ।” कार्यक्रमको सञ्चालन युवा नेता तथा पार्टीका जिम्मेवार संगठन प्रतिनिधि विष्णु विकले गर्नुभएको थियो। उहाँले भन्नुभयो, “संगठनलाई वडा तहसम्म मजबुत बनाउँदै दलित समुदायको सक्रिय सहभागितासहित निर्वाचन अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइनेछ।

भेलामा दलित समुदायका नेता तथा कार्यकर्ताहरूले सामाजिक विभेद अन्त्य, समान अवसर र सम्मानजनक जीवनयापनका लागि नीतिगत सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रममा स्थानीय अगुवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ आज देखि पुनर्वासमा सुरु

स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ आज देखि पुनर्वासमा सुरु

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V