www.enajar.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

गाडी भिरबाट खस्दा २ जनाको मृत्यु, चालकसहित ३ घाइते

समाचार प्रकाशित मिति :

गाडी भिरबाट खस्दा २ जनाको मृत्यु, चालकसहित ३ घाइते

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्य भएको छ। चालकसहित अन्य तीन घाइते भएका प्रहरीले जनाएको छ।

भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–७ खस्र्याखानमा सु.प.प्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप आज बिहान करिब २ बजे सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा दार्चुलाकै अपिहिमाल गाउँपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार दुर्घटनाकै दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ निवासी ३५ वर्षीया सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी अमृत घरेडी घाइते भएका छन्।

घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जिप आफैँ अनियन्त्रित भई भिरबाट तल खसेको हो।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

बेलौरी नगरपालिकाको आगामी वर्षको बजेट ९४ करोड ५५ लाख, वडा योजनाका लागि ३ करोड १५ लाख विनियोजन

बेलौरी नगरपालिकाको आगामी वर्षको बजेट ९४ करोड ५५ लाख, वडा योजनाका लागि ३ करोड १५ लाख विनियोजन

कञ्चनपुर–१ मा चुनावी तनाव: स्वतन्त्र उम्मेदवार यादव सिंहद्वारा रास्वपा क्षेत्रीय सभापति जनक चौधरीमाथि दुर्व्यवहारको आरोप

कञ्चनपुर–१ मा चुनावी तनाव: स्वतन्त्र उम्मेदवार यादव सिंहद्वारा रास्वपा क्षेत्रीय सभापति जनक चौधरीमाथि दुर्व्यवहारको आरोप

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

पुनर्वास फ्युज सेवा अब नयाँ भवनबाट: सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा

पुनर्वास फ्युज सेवा अब नयाँ भवनबाट: सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

छुटाउनुभयो कि ?

यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।

सम्पर्क

हाम्रो टीम

Picture of नवीन पार्की  / प्रकाशक तथा अध्यक्ष

नवीन पार्की / प्रकाशक तथा अध्यक्ष

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2026 eNajar. Website Designed By R4J33V