www.enajar.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

पुनर्वासको प्यारातालमा प्रथम बृहत् सांस्कृतिक महोत्सव २०८३ आयोजना हुँदै

समाचार प्रकाशित मिति :

पुनर्वासको प्यारातालमा प्रथम बृहत् सांस्कृतिक महोत्सव २०८३ आयोजना हुँदै

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ विचफाँटामा अवस्थित पर्यटकीय क्षेत्र प्यारातालको पर्यटन प्रवर्द्धन तथा स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले प्रथम बृहत् सांस्कृतिक महोत्सव–२०८३ आयोजना हुने भएको छ।

श्री परोपकार समाज नेपाल पुनर्वास–९ विचफाँटाको आयोजनामा आगामी कार्तिक २६ गतेदेखि ३० गतेसम्म पाँच दिन महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवबारे जानकारी दिन बुधबार प्यारातालस्थित सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी र उद्देश्य सार्वजनिक गरिएको हो।

महोत्सवको मुख्य प्रवर्द्धक पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा प्रवर्द्धक पुनर्वास नगरपालिका वडा नं. ९ कार्यालय रहेका छन्। श्री परोपकार समाज नेपालका अध्यक्ष नवराज बुढाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संस्थाका सचिव ईश्वर बुढा, समितिका पदाधिकारी तथा विभिन्न उपसमितिका संयोजकहरूको उपस्थिति रहेको थियो।

‘प्यारातालको पहिचान, पर्यटन विकास र समृद्धिको अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवले प्यारातालको पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउनुका साथै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। यसबाट स्थानीय व्यापार, व्यवसाय र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने आयोजकको अपेक्षा छ।

आयोजकका अनुसार विगत केही वर्षदेखि भारतीय सीमावर्ती क्षेत्रमा लाग्ने रात्रिकालीन मेलामा नेपालीहरूको आकर्षण बढ्दै गएको अवस्थामा नेपाली नागरिकलाई आफ्नै क्षेत्रको मनोरञ्जन र सांस्कृतिक गतिविधिमा सहभागी गराउने उद्देश्यले प्याराताल क्षेत्रमा निरन्तर रमाइलो मेला आयोजना हुँदै आएको थियो। यस वर्ष सोही मेलालाई थप व्यवस्थित र बृहत् स्वरूप दिँदै सांस्कृतिक महोत्सवका रूपमा आयोजना गर्न लागिएको हो।

यसअघि निःशुल्क प्रवेशको व्यवस्था गरिँदै आएकोमा यस वर्ष भने टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। टिकट शुल्कबाट महोत्सव सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्ने र सर्वसाधारणले पनि यसलाई सकारात्मक रूपमा बुझेर सहयोग गर्ने आयोजकको विश्वास छ।

महोत्सवमा स्थानीय कला, संस्कृति र मनोरञ्जनका गतिविधिसँगै प्याराताल क्षेत्रमा निर्माण भएका पर्यटकीय संरचनाको प्रचारप्रसारलाई समेत प्राथमिकता दिइनेछ। यसले प्याराताललाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महोत्सव स्थलमा मदिरा सेवन तथा बिक्री वितरण निषेध गरिने आयोजकले स्पष्ट पारेको छ। मर्यादित, सुरक्षित र पारिवारिक वातावरणमा महोत्सव सञ्चालन गर्ने उद्देश्यले मदिरा निषेधको व्यवस्था गरिएको जनाइएको छ।

स्थानीय पर्यटनको सम्भावना उजागर गर्दै प्याराताललाई पुनर्वासको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवमा सहभागी भई सफल बनाउन आयोजकले स्थानीयवासी, व्यवसायी तथा सम्पूर्ण सरोकारवालासँग सहयोगको अपिलसमेत गरेको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V