www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

सर्पले टोकेकी संगिताको मृत्यु, उपचारमा लापरबाही भएको परिवारको आरोप

समाचार प्रकाशित मिति :

सर्पले टोकेकी संगिताको मृत्यु, उपचारमा लापरबाही भएको परिवारको आरोप

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, भदौँ २७ 

सर्पको टोकाईले घाईते भएकी कञ्चनपुर महेन्द्रनगरकी एक महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । भीमदत्त नगरपालिका १०सुकासाल महेन्द्रनगरकी ३३ बर्षिया संगिता बडूको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सर्पले हातमा टोकेपछि उपचारका लागि घर परिवारले शुक्रबार ५ भदौँ ०८३मा महाकाली प्रादेशिक अस्पताल पु¥याएका थिए । आकस्मिक कक्षबाट आईसियु भेन्टिलेटरमा राखेको २१दिनमा संगिताले ज्यान गुमाएपछि घर परिवारमा बज्रपात मच्चिएको छ । उपचारकै क्रममा शुक्रबार २६ राती ८ः५५तिर मृत्यु भएको घरपरिवारले जनाएका छन ।

समयमै अस्पताल पुगेकी संगिताको शुरुवाती चरणदेखि मृत्युसम्मै उपचारमा लार्पबाही गरिएको भन्दै पीडित पक्षले दावि गरेको छ ।

पीडित पक्षले समयमै आकस्मिक कक्षमा उपचारका लागि संगितालाई पु¥याएपनि त्यहाँ डियुटीमा खटिएका मेडिकल अधिकृत सन्तोषी चौधरीको टिमले उपचारमा चरम लार्पबाही गरेको आरोप लगाएका हुन । संगिताको मृत्यु भएपछि अस्पताल व्यवस्थापन समिति र प्रशासनसंगै पीडित पक्षले घटनालाई गम्भिरतापुर्वक नलिएको, उपचार गर्न ढिलाई गरेको, घाईतेको शरिरमा अप्ठेरो भएपछि मात्रै उपचार गरेको, आवश्यक सूचना एव परामर्स नदिएको, रिर्फर गर्न पनि आनाकानी गरेको गुनासो पोखेका थिए । मृतक संगिताकी आमा मञ्जुदेवी बडूले छोरीको ज्यान जानीजानी दिएको बेदना पोखेकी छिन । उनले डाक्टर सन्तोष चौधरीका कारण कलिलै उमेरमा जेठी छोरी गुमाएको दुखेसो पोखिन । ‘छोरीलाई उपचारका लागि आकस्मिक कक्षमा ल्याएका थियौँ, ‘उनले भनिन, ‘शुरुवाती चरणदेखि लार्पबाही गरियो, अनि मेडिकल अधिकृत सन्तोष चौधरीले अनकलमा रहेका विशेषज्ञ डाक्टरलाई पनि बोलाईदिएनन् ।’ डाक्टरकै लार्पबाहीकै कारण कलिलै उमेरमा छोरी गुमाउनु परेको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेकी छिन ।

अस्पतालले संगिताको यही कारणले मृत्यु भएको भन्ने बारे सार्वजनिक गरेको छैन । पीडित पक्षसंगको छलफलमा महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य प्रशान्त भट्टले उपचारकै सिलसिलामा बिरामीको ज्यान जाने विषय उसैपनि दुखत भएको बताउँदै घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीदेखि अवउपान्त यस्ता घटना नदोरिन समितिले आवश्यक पहल गर्ने बताए । उनले पीडित पक्षको मर्म भावना अनुरुप हरपलमा सहयोगको बाचा समेत गरेका छन ।

मृतक पक्षबाट आरोप लगाएका मेडिकल अधिकृत सन्तोष चौधरीले आफुले आफ्नो कर्तव्य निर्वाह गरेको दावि गरेका छन । उनले आकस्मिक कक्षमा आउने हरेक बिरामी, घाईतेको उपचारदेखिका रिर्फर सबै प्रकृयागत हुने भएकाले आफुले कर्तव्य निर्वाह गरेको आफुभन्दा सिनियर डाक्टर टेक नारायण श्रेष्ठलाई समेत बिरामीको अवस्थाबारे पटक पटक जानकारी गराएको बताए ।

महाकाली अस्पतालले घटनाको छानबिन हुने जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले पीडित पक्षबाट निवेदन आए घटनाको निष्पक्ष छानबिनका लागि समिति बनाउन प्रशासनसग अनुरोध गर्ने बताए । ‘घटनाको सत्यतथ्य छानबिन हुन्छ, यदी उपचारमा डाक्टरदेखि स्वास्थ्यकर्मीबाट लार्पबाही भए स्वयम कार्बाहीको भागिदार हुन्छन, ‘उनले भने, ‘पीडितले न्याय पाउँछन, अस्पताल भनेको बिरामी निको पार्ने थलो हो, यहाँ बिरामीको स्वास्थ्यमाथि कसैले पनि खेलवार्ड गर्न पाउँदैन, पाईए, कार्बाही हुन्छ ।

पीडित पक्षले मानविय रुपमा हुने त्रृटीलाई स्वीकार गर्न सकिने र गल्तीको महसुस गर्न उपचारमा संलग्न चिकित्सक एव स्वास्थ्यकर्मीसंग आग्रह गर्दै न्यायका लागि कानुनकै ढोकासम्म पुग्ने चेतावनी दिएका छन । यस अघि सर्पको टोकाईबाट उपचारपछि घर फर्किएका र अहिले संगिताको मृत्यु भएपछि नागरिकले समेत के कसरी घटना भएको भन्दै चिन्ता व्यक्त गर्न लागेका छन ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा पन्त सर्वसम्मत चयन, यस्ताे बन्याे कार्य समिति ?

बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा पन्त सर्वसम्मत चयन, यस्ताे बन्याे कार्य समिति ?

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ :  अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री पौडेल

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

पुनर्वासमा १८ वर्षीय युवाको नयाँ पहल, ‘इगोलाइज’ अभियान थालनी

पुनर्वासमा १८ वर्षीय युवाको नयाँ पहल, ‘इगोलाइज’ अभियान थालनी

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबद्वारा गाँजाका बोट

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबद्वारा गाँजाका बोट

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V