हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
२ फागुन, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटवार्तालाई विश्वभर चासोका साथ हेरिएको थियो । आआफ्ना मुलुकका निर्वाचनबाट पुनस् जनादेश प्राप्त गरी शासनमा पुनरागमन गरेपछि यी दुई नेताको पहिलो भेट थियो ।
पहिलो र पाँचौं ठूलो अर्थतन्त्र भएका देशका कार्यकारीको भेट उसै पनि महत्वपूर्ण हुने नै भयो । त्यसमा पनि ट्रम्पले जताततै लगाउन थालेको ट्यारिफ नीति, भारतमा रहेका आप्रवासीहरूलाई भारत पठाउने ट्रम्पको आक्रामक कारबाही, प्यालेस्टिनीहरूलाई अन्य अरब मुलुकमा पठाई गाजालाई नियन्त्रणमा लिएर लिएर पुनर्निर्माण गर्ने प्रस्ताव र रुस–युक्रेन युद्धको अन्त्यको लागि ट्रम्पले लिने नीतिमा मोदीको धारणा कस्तो रहला भन्नेमा धेरै चासो थियो ।
निकै महत्वपूर्ण ठानिएको भेटवार्ताले माथि उल्लेखित चासोहरूको कति सम्बोधन गर्यो ? भारतीय विश्लेषकहरू भने भेटवार्ता ऐतिहासिक बन्न नसकेको बताउँछन् ।
मोदी युरोपका अन्य देशहरूको भ्रमण सकेर अमेरिका पुगेका थिए । बिहीबार फ्रान्सबाट अमेरिका पुगे पनि राष्ट्रपति ट्रम्पसँग शुक्रबार मात्रै भेटघाट भएको थियो । त्यसैले यसपटकको भ्रमणमा न मोदीले अमेरिकालाई मात्र केन्द्रमा राखेको देखिन्थ्यो, न ट्रम्पले आफ्नो पहिलो कार्यकालमा मोदीलाई स्वागत गर्दा दिएजति न्यानो थियो ।
यसका बाबजुद ट्रम्प–मोदी भेटवार्तामा मुख्य ६ विषयमा चर्चा भयो । भेटवार्तापछि पत्रकार सम्मेलनमा जारी संयुक्त प्रेस नोटमा उनीहरूले भारतको व्यापार घाटा कम गर्नेदेखि तेल, ग्यास तथा करका विषयमा विस्तृत कुराकानी भएको उल्लेख गरे ।
बीबीसीका अनुसार ट्रम्पले भारतलाई पनि अन्य देशकोजस्तै समानान्तर ट्याक्स लगाउने नीति आफ्नो रहेको जानकारी गराएका थिए । यस्तै, मोदीले व्यापार घाटालाई सन्तुलित बनाउने विषय उठाएका थिए । यस्तै, अत्याधुनिक एफ–३५ सैन्य विमान खरिदको विषयमा समेत छलफल भएको थियो ।
‘जति ट्याक्स अर्को देशले अमेरिकामाथि लगाउँछ, अमेरिकाले पनि सोही अनुसारको ट्याक्स उनीहरूमाथि पनि लगाउँछ। यसमा कुनै देशलाई कम र बढी भने हुँदैन,’ ट्रम्पको भनाइ थियो ।
यसका साथै ट्रम्पले मुम्बई हमलाको विषयमा भारतमा प्रतिबन्धित तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने बताएका छन् । अमेरिकी जेलमा बन्दी रहेका राणालाई भारत ल्याउने प्रयास जारी थियो ।
भेटपछि मोदी र ट्रम्पले पत्रकारहरूसँग अमेरिका र भारतले अब ग्यास, सुरक्षा, टेक्नोलोजी तथा व्यापारका विभिन्न ६ आयामबारे सम्झौता गर्ने तहमा पुगेको बताए ।
१. अवैध भारतीय आप्रवासी
ह्वाइट हाउसमा प्रेसमिटका क्रममा मोदी र ट्रम्पले दुवै देशका प्रशंसा गरेका थिए ।मोदीले ट्रम्पको नारा ‘मेक अमेरिका ग्रेट अगेनु लाई प्रशंसा गर्दै मेक इन्डिया ग्रेट अगेन’को अपिल गरे । उनले दुवै लोकतान्त्रिक देशको समृद्धका लागि मेगा पार्टनरशीप हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री मोदीले सन् २०३० सम्म अमेरिकासँग भारतले व्यापार दोब्बर गर्ने बताए। अमेरिकामा रहेका अवैध भारतीयहरूबारे चर्चा गर्दै मोदीले अहिले केही आप्रवासीहरूलाई मानव तस्करहरूले ओसारपोसार गरेर अमेरिका ल्याउने गरेको र त्यो कुरा स्वयम आप्रवासीलाई पनि थाहा नभएको हुन सक्ने बताए ।

उनले भने,‘अमेरिका आउनेहरू साधारण परिवारका मानिसहरू हुन् जसलाई धेरै ठूलो सपना देखाएर यहाँ ल्याउने गरिन्छ। उनले सजिलै सिकार हुने युवाहरूलाई सचेत गराउँदै भनेका छन्, ‘मानव तस्करीहरूमाथि कडा निगरानी राख्नु जरूरी छ, जसलाई अमेरिकामा गैरकानुनी तरिकाबाट आउनका लागि मुर्ख बनाइन्छ ।’
ट्रम्पले जबदेखि अमेरिकामा राष्ट्रपतिको जिम्मेवारी सम्लेका छन्, उनले आफ्नो सैन्य विमानमार्फत भारतीय अवैध आप्रवासीलाई अमेरिकाबाट फर्काइसकेका छन् । तर, भारतीय विदेशमन्त्रीले अवैध भारतीय आप्रवासी पठाउँदा कुनै दुर्व्यवहार नगर्न आग्रह गरेका छन् ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V