www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

युवतीलाई नशालु पदार्थ खुवाएर जबरजस्तीकरणी गरेको आरोप, ३ जना पक्राउ

समाचार प्रकाशित मिति :

युवतीलाई नशालु पदार्थ खुवाएर जबरजस्तीकरणी गरेको आरोप, ३ जना पक्राउ

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

नवीन पार्की, १९ साउन, । मोरङको लेटाङस्थित एक रिसोर्टमा युवतीलाई नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं ५ बस्ने २५ वर्षीया सोनुमा लिम्बू, केराबारी गाउँपालिका वडा नं ८ बस्ने ५० वर्षीय कमल बहादुर आले मगर र सुन्दरहरैँचा नगरपालिका वडा नं १० बस्ने ३८ वर्षीय डम्बर खतिवडा रहेका छन् ।

घटना विवरण अनुसार गत साउन १७ गते उनीहरूले पीडित महिलालाई लेटाङ नगरपालिका वडा नं १ स्थित ‘हाम्रो रिसोर्ट’मा पुर्‍याएका थिए । त्यहाँ पीडितलाई नशालु पदार्थ सेवन गराई ज्यान मार्ने धम्कीसमेत दिएर डम्बरबहादुर खतिवडाले जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V