www.enajar.com

पपुलर

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

कञ्चनपुरमा बाढी, डुबान र कटानको जोखिम बढ्यो

समाचार प्रकाशित मिति :

कञ्चनपुरमा बाढी, डुबान र कटानको जोखिम बढ्यो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

नवीन पार्की, कञ्चनपुर । निरन्तरको वर्षाका कारण कञ्चनपुरमा बाढी, डुबान र कटानको जोखिम बढेको छ । चुरे क्षेत्रमा भइरहेको भारी वर्षासँगै महाकाली, दोदा–मछेली लगायतका नदी तथा खोलामा पानीको सतह बढेपछि जोखिम बढेको हो।

कञ्चनपुरका विभिन्न क्षेत्रमा सोमबार पनि वर्षा भइरहेको छ । वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहावसमेत बढ्दै गएको छ । वेदकोट नगरपालिका–३ र ४ जोड्ने बैतडास्थित घटालथानको झोलुङ्गे पुलसमेत बाढीले बगाएको वेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले जानकारी दिएका छन् ।

जोखिम बढेपछि पुनर्वास नगरपालिकाको विपद् व्यवस्थापन शाखाले एसएमएस र आइभीआरमार्फत सूचना जारी गर्दै रातोताल, सिमरी, दशरथबस्ती र विकासबस्ती लगायतका तटीय बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तथा खोला किनारमा नजान र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न नगरपालिकाले अनुरोध गरेको हो ।

महाकाली नदीमा पानीको बहाव पनि एक लाख क्युसेकभन्दा माथि रहेको छ । बहाव लगातार एक लाख क्युसेकमाथि रहेकाले गड्डाचौकी–बनबासा नाकाबाट चारपांग्रे सवारीसाधनको आवागमन ७ दिनदेखि बन्द छ । उच्च बहावका कारण सीमा क्षेत्रमा हुने यात्रु आवागमनसँगै व्यापार तथा मालसामानको आयात–निर्यातसमेत प्रभावित भएको छ ।

यस्तै, दोदा नदीमा पानीको बहाव बढ्दा लालझाडी, बेलौरी र पुनर्वासका तटीय बस्तीमा बाढी तथा डुबानको जोखिम बढेको छ ।

सुदूरपश्चिमसँगै भारतको उत्तराखण्ड क्षेत्रमा समेत वर्षा जारी रहेकाले नदी तथा खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना छ । सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी तथा खोलानाला किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले नदी तर्ने, माछा मार्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न र जोखिम बढेमा सुरक्षित स्थानतर्फ जानसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V