हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कंचनपुर । सरकार र पार्टीबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
लामिछाने आइतबार साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। दुई नेताबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ।
भेटमा राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्रीको भनिएको भारत भ्रमण तथा लामिछानेको चीन भ्रमणका विषयमा समेत कुराकानी भएको स्रोतको भनाइ छ।
यस्तै, राजदूत छनोट, उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाबारे पनि दुई नेताबीच छलफल भएको बताइएको छ।
बालुवाटार स्रोतले दुई नेताबीच दरार उत्पन्न भएको भन्ने बुझाइ सही नभएको भन्दै भेटलाई नियमित छलफलका रूपमा लिनुपर्ने जनाएको छ।
लामिछानेसँग रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि बालुवाटार पुगेको पार्टी स्रोतले बताए पनि सुरक्षा स्रोतले त्यसको पुष्टि नगरेको जनाइएको छ।
प्रधानमन्त्री बालेन शाह निवासमा अनौपचारिक तथा पारिवारिक भेटघाटबाहेक अन्य भेटघाट कमै गर्ने गरेका छन्। प्रधानमन्त्री बनेयता लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन्।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V