www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

कञ्चनपुरमा खैरो हिरोइनसहित चार जना पक्राउ

समाचार प्रकाशित मिति :

कञ्चनपुरमा खैरो हिरोइनसहित चार जना पक्राउ

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

कृष्णपुर नगरपालिका–९ पिपरियामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार स्थानीय २२ वर्षीय रामलक्षी रानाको घरकोठाबाट २ ग्राम ८७० मिलिग्राम र सोही ठाउँका २० वर्षीय विशाल रानाको घरबाट १ ग्राम ९२० मिलिग्राम गरी जम्मा ४ ग्राम ७९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ।

यस्तै, बेलडाँडी गाउँपालिका–३ बनपुरुवाबाट प्रहरीले थप १० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थसहित १८ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोधपुछका क्रममा उक्त पदार्थ चन्दनबस्ती टोलका २२ वर्षीय गणेश साउँदले खरिद गरी ल्याएको खुलेपछि उनलाई पनि नजिकै सडकमा पल्सर मोटरसाइकलमा पर्खिरहेको अवस्थामा पक्राउ गरिएको हो। प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०११ प २०५८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V