www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

राष्ट्रका नाममा प्रधानमन्त्रीको पहिलो सम्बोधन, धैर्य र संयम अपनाउन अपिल

समाचार प्रकाशित मिति :

राष्ट्रका नाममा प्रधानमन्त्रीको पहिलो सम्बोधन, धैर्य र संयम अपनाउन अपिल

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

नवीन पार्की, १४ साउन कंचनपुर, | प्रधानमन्त्री वालेन्द्र शाहले धैर्य र संयम अपनाएर शान्ति तथा सद्‍भाव कायम गर्न अपिल गर्नुभएको छ ।

आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आगामी दिनमा राज्य थप सतर्क र सम्वेदनशील रहने प्रतिबद्धता पनि जनाउनुभएको छ । सुनसरी, धनुषा, सिरहालगायतका जिल्लामा तनाव फैलँदा पनि सरकारका तर्फबाट केही सम्बोधन नभएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले आज पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।

प्रधानमन्त्रीले सुनसरीको देवानगन्ज, सिरहालगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै घाइतेहरुको उपचारमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।

उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न छानबिन समिति बनाइसकिएको र दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउने प्रतिबद्धतासमेत जनाउनुभयो । अवस्था थप नबिग्रियोस् भनेर सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले शान्ति सुरक्षा थप सुदृढ पार्न गृहमन्त्री घटनास्थल पुगिसकेको पनि बताउनुभयो ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V