यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित जनज्योति टोल क्षेत्रमा शिक्षा युवा क्लबको नेतृत्वमा गाँजाका बोटहरू नष्ट गरिएको छ। लागूऔषधमुक्त, सुरक्षित र सचेत समाज निर्माण गर्ने उद्देश्यका साथ क्लबले स्थानीय समुदायको सहभागितामा यो विशेष अभियान सञ्चालन गरेको हो।
अभियानअन्तर्गत जनज्योति टोल र आसपासका सार्वजनिक क्षेत्रहरूमा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू फेला पारी व्यवस्थापन तथा नष्ट गरिएको क्लबले जनाएको छ। युवाहरूको यो सक्रियतालाई स्थानीय बासिन्दाहरूले समेत सकारात्मक रूपमा लिँदै ऐक्यबद्धता जनाएका छन्।
क्लबका सचिव निरज सिंह मिजारका अनुसार युवाहरू कुलतमा फस्ने प्रमुख कारणमध्ये सहजै उपलब्ध हुने यस्ता प्राकृतिक लागूऔषध पनि एक हुन्। उनले गाँजाका बोटहरूको व्यवस्थापनसँगै स्थानीय समुदाय र विशेष गरी युवा पुस्तालाई लागूऔषधको दुर्व्यसनी र यसले पार्ने सामाजिक एवं मानसिक असरबारे सचेत गराउन यो अभियान थालिएको जानकारी दिए।
प्रकाशित मिति: आइतबार, साउन ३, २०८३

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V