यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वास, २०८२ फागुन ९
निर्वाचन आचारसंहिताका कारण अन्योलमा परेको कञ्चनपुरको दक्षिण क्षेत्रकै ठूलो उत्सव ‘पुनर्वास महोत्सव’ को नयाँ मिति तय भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको महोत्सव अब आगामी फागुन २५ गतेदेखि चैत्र ४ गतेसम्म सञ्चालन हुने भएको हो।

यसअघि माघ २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको महोत्सव निर्वाचन आचारसंहिता लागू भएपछि आयोजक पुनर्वास उद्योग वाणिज्य संघले स्थगित गरेको थियो। आगामी निर्वाचन सम्पन्न भएसंगै फागुन अन्तिम सातादेखि सुरु गर्ने निर्णय गरेको हो।
“हाम्रो पुनर्वास, राम्रो पुनर्वास” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महोत्सवको नयाँ मिति २०८२ फागुन २५ देखि चैत्र ४ गतेसम्म तोकिएको छ।
महोत्सवका बारेमा जानकारी दिँदै संघका अध्यक्ष राजकुमार रायमाझीले निर्वाचनका कारण सिर्जना भएको प्राविधिक कठिनाइपछि अब थप उर्जाका साथ महोत्सवको तयारी सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “निर्वाचन आचारसंहिताले केही समय ढिलो भए पनि अब हामी पुनर्वासको कृषि, पर्यटन र व्यापार प्रवर्द्धनका लागि अझ भव्य रूपमा महोत्सव सम्पन्न गर्नेछौँ।”
महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, रमाइलो मेला तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू रहने आयोजकले जनाएको छ। आयोजकले यसअघि मिति परिवर्तन हुँदा सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अबको नयाँ मितिमा महोत्सव सफल पार्न क्लब, बजार समिति, र विभिन्न संघ-संस्थाहरूलाई सहयोगको अपील गरेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V