www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

भिषण बाढी आउनुअघि तिब्बतमा गएको थियो भूकम्प

समाचार प्रकाशित मिति :

भिषण बाढी आउनुअघि तिब्बतमा गएको थियो भूकम्प

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर  । तिब्बत क्षेत्रमा आज बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि हिमपहिरो गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो । तर भूकम्पविद् लोकविजय अधिकारीले भने ४.५ म्याग्निच्युडको उक्त भूकम्प पछि रसुवामा भिषण बाढी आएको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा अधिकारीले बिहान ८ बजेर २० मिनेटमा तिब्बत क्षेत्रमा २.६ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उक्त भूकम्प बाढी आउनुअघि गएको भए पनि यसको म्याग्निच्युड निकै कम भएकाले बाढी जानमा प्रभाव पारेको हुनसक्ने सम्भावना न्यून रहेको उनले बताए ।

उनका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा तिब्बतमा ४.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । उक्त भूकम्प भने हिमपहिरोपछि गएको देखिएको उनले स्पष्ट पारे । यसअघि ४.५ म्याग्निच्युडको भूकम्पपछि हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको थियो ।

३ म्याग्निच्युडभन्दा कमको भूकम्प सामान्यतया मानिसले समेत महसुस नगर्ने भएकाले २.६ म्याग्निच्युडको भूकम्पले हिमपहिरो निम्त्याउने सम्भावना कम हुने उनले बताए । ‘त्यो त नहुनुपर्ने हो त्यति सानोले । त्यति सानोको खासै फिल हुँदैन। त्यो ३ भन्दा तलकै भनेपछि फिल नै नहुने भूकम्प हो,’ अधिकारीले भने ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V