हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६, भुराकोटकी एक महिलाको खेतमा घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
बुधबार बिहान नौगाउँस्थित खेतमा घाँस काट्ने क्रममा ५३ वर्षीया अनिता पन्तलाई करेन्ट लागेको हो।
प्रहरीका अनुसार विद्युत् पोलबाट घरतर्फ लगिएको सप्लाई तार भुइँमा लत्रिएको अवस्थामा रहेको थियो। घाँस काट्ने क्रममा पन्तले उक्त तार काट्दा करेन्ट लागेको बताइएको छ।
करेन्ट लागेर घाइते भएकी पन्तलाई स्थानीयले उद्धार गरी उपचारका लागि जगदम्बा अस्पताल, बेलौरी पुर्याएका थिए। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V