www.enajar.com

पपुलर

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

कञ्चनपुर–१ मा युवा उम्मेद्वार गोपी प्रसाद उपाध्यायको पक्षमा  जनलहर बढ्दो

समाचार प्रकाशित मिति :

कञ्चनपुर–१ मा युवा उम्मेद्वार गोपी प्रसाद उपाध्यायको पक्षमा  जनलहर बढ्दो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास — निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुर निर्वाचन क्षेत्र–१ मा चुनावी चहलपहल तीव्र बनेको छ।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरू घरदैलो अभियानमार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदातासँग मत मागिरहेका छन्।

यसैक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार गोपी प्रसाद उपाध्याय पनि घरदैलो अभियानमा सक्रिय देखिएका छन्। मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो उम्मेद्वारीका उद्देश्य र भावी योजनाबारे जानकारी गराइरहेका छन्।

सामाजिक सेवाले बनाएको बलियो आधार
उपाध्याय उम्मेद्वारका रूपमा नयाँ देखिए पनि सामाजिक सेवाका क्षेत्रमा उनी पुरानै चिनिएका नाम हुन्। विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आएका उपाध्यायको सेवा भावप्रति गाउँ–टोलदेखि चोक–चौतारासम्म प्रशंसा सुनिन थालेको छ।

कुनै औपचारिक पदमा नरहँदा पनि अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको सहाराका रूपमा उनी सधैं अग्रपंक्तिमा देखिन्थे। जनताका समस्या देखिएका ठाउँमा तत्काल पुगेर समाधानका लागि पहल गर्नु उनको विशेषता रहेको स्थानीय बताउँछन्।

विदेशमा अलपत्र नेपालीको उद्धारदेखि शिक्षा–स्वास्थ्यसम्म

रोजगारीका लागि विदेश गएका र समस्यामा परेका नेपालीहरूको उद्धारमा उपाध्यायले खेलेको भूमिकालाई पनि स्थानीयले उच्च मूल्यांकन गरेका छन्। उनको पहलमा स्वदेश फर्किएका कतिपय व्यक्तिहरूले उनलाई “भगवानको दोस्रो रूप” भनेर सम्बोधन गर्ने गरेका छन्।
शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा निःस्वार्थ रूपमा गरेका योगदानले उपाध्यायलाई आज इमानदार र सक्षम युवा उम्मेद्वारका रूपमा स्थापित गराएको मतदाताहरूको भनाइ छ।

अपाङ्ग तथा असहायको साथ !

अपाङ्ग तथा असहाय व्यक्तिहरू समेत अहिले “गोपी जिताऔँ” अभियानमा खुलेर सहभागी हुन थालेका छन्। यसले कञ्चनपुर निर्वाचन क्षेत्र–१ को चुनावी माहोललाई थप भावनात्मक बनाएको छ।
पुनर्वास–४ की अपाङ्गता भएकी महिला फुलमाया तामाङ भन्छिन्, “हाम्रो दुःख–पीडामा साथ दिने नेताको जित नै हाम्रो जित हो।”

सक्षम उम्मेद्वारको खोजीमा मतदाताहरु ?
प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका उपाध्यायले सेवा र विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै घरदैलो अभियानलाई अझ तीव्र पारेका छन्।

मतदातासँग गरिएको कुराकानीबाट पार्टीभन्दा पनि सक्षम, इमानदार र जनतासँग नजिक रहने उम्मेद्वार खोजिएको स्पष्ट संकेत देखिन्छ। विगतमा गरेका सामाजिक कार्यको स्मरण गराउँदै उपाध्यायले आफूलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउन मतदातासँग भावुक अपिल गरिरहेका छन्।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

कञ्चनपुर–१ मा चुनावी तनाव: स्वतन्त्र उम्मेदवार यादव सिंहद्वारा रास्वपा क्षेत्रीय सभापति जनक चौधरीमाथि दुर्व्यवहारको आरोप

कञ्चनपुर–१ मा चुनावी तनाव: स्वतन्त्र उम्मेदवार यादव सिंहद्वारा रास्वपा क्षेत्रीय सभापति जनक चौधरीमाथि दुर्व्यवहारको आरोप

इजरायली राजदूत भन्छन्– नेपालसँग श्रम सहकार्य विस्तार गर्न इच्छुक छौं

इजरायली राजदूत भन्छन्– नेपालसँग श्रम सहकार्य विस्तार गर्न इच्छुक छौं

सामसङले नेपाल ल्यायो ‘ग्यालेक्सी एम३६ ५जी’, मूल्य कति ?

सामसङले नेपाल ल्यायो ‘ग्यालेक्सी एम३६ ५जी’, मूल्य कति ?

शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएर हराएका महिलाहरूको सकुशल उद्धार, सबै सम्पर्कमा

शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएर हराएका महिलाहरूको सकुशल उद्धार, सबै सम्पर्कमा

टेलिग्राममाथि प्रतिबन्ध : तलाउ फोहोर भए त्यसलाई पुर्ने कि सफा गर्ने ?

टेलिग्राममाथि प्रतिबन्ध : तलाउ फोहोर भए त्यसलाई पुर्ने कि सफा गर्ने ?

निर्वाचन आचारसंहिताका कारण रोकिएको ‘पुनर्वास महोत्सव’ अब फागुन २५ देखि हुने

निर्वाचन आचारसंहिताका कारण रोकिएको ‘पुनर्वास महोत्सव’ अब फागुन २५ देखि हुने

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V