हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर , साउन २२ – नेपालले आगामी सेप्टेम्बर ६ मा अष्ट्रेलियाको नर्दर्न टेरिटोरीस्थित मारारा क्रिकेट ग्राउन्ड–२ मा न्युजिल्यान्ड ‘ए’ टोलीसँग ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ।
न्युजिल्यान्ड क्रिकेटले सार्वजनिक गरेको तालिकाअनुसार उक्त खेल एनटी टप एन्ड टी–२० सिरिजपछि हुनेछ। न्युजिल्यान्ड ‘ए’ टोलीले यसअघि दक्षिण अष्ट्रेलिया र तास्मानियासँग पनि एकदिवसीय खेल खेल्नेछ।
यस्तै, अगस्ट २० देखि ३० सम्म डार्विनमा हुने एनटी टप एन्ड टी–२० सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्ने तालिका छ। नेपालले अगस्ट २१ मा एनटी स्ट्राइक, २२ मा बंगलादेश हाई–परफर्मेन्स टोली, २४ मा होबार्ट हुरिकेन्स एकेडेमी, २६ मा एसीटी कोमेट्स, २७ मा किङ्समेन र २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ।
न्युजिल्यान्ड ‘ए’ टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका १३ अन्तर्राष्ट्रिय खेलाडी समावेश छन्। टोलीको मुख्य प्रशिक्षक ड्यानियल फ्लिन रहनेछन् भने टोली अगस्ट १६ मा अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
नेपालका लागि न्युजिल्यान्ड ‘ए’विरुद्धको अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V