www.enajar.com

पपुलर

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

‘शव त पत्ता लाग्यो, तर लैजान पाएनौँ- डीएनए म्याचको पर्खाइमा आफन्त

समाचार प्रकाशित मिति :

‘शव त पत्ता लाग्यो, तर लैजान पाएनौँ- डीएनए म्याचको पर्खाइमा आफन्त

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको शव लामो समयसम्म राख्न सम्भव नभएपछि वैज्ञानिक प्रमाण सुरक्षित राख्दै जमिनमुनि व्यवस्थापन गरिएको छ।

माटोमुनि व्यवस्थापन गरिएका शव डीएनए परीक्षणबाट पहिचान पुष्टि भएपछि मात्रै कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई हस्तान्तरण गरिनेछ । शवको डीएन नमुना, संकेत नम्बर, फोटो र अन्य विवरण सुरक्षित राखिएकाले आफन्तको डीएनएसँग मिलाएर पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।

अर्थात्, आफन्तले आफ्नो मान्छेको अन्तिम संस्कार गर्नुअघि लामो वैज्ञानिक र प्रशासनिक प्रक्रियाको प्रतीक्षा गर्नुपर्नेछ ।

भैरहवाका ईस्लाम अली केही दिनअघिसम्म चितवन धाइरहेका थिए । भदौ १० गते रसुवामा आएको बाढीले बहिनी ज्वाइँ बेपत्ता भएपछि अर्को दिन नै अली चितवन आइपुगेका थिए । चितवन आउँदा केही पहिचान नभएपछि उनी काठमाडौँसम्म पुगे ।

तर, त्यहाँ पनि केही पत्ता नलागेपछि फेरि चितवन आएर खोजीमा लागि परे । एउटा शव पहिचान नजिक पुगेको थियो । शव पाउने आशमा उनी अरु प्रक्रियामा लागे तर प्रशासनले शव देवघाटस्थित जंगलमा जमिनमुनि व्यवस्थापन गरिसकेको थाहा पाएपछि उनी निराश भए।

चितवन पुगेका अरू केही आफन्तले पनि शवको पहिचान गरेका थिए । तर, उनीहरूले सबै कागजात र प्रमाणहरू जुटाएर दाबी गर्नुअघि नै दुर्गन्ध, महामारीको जोखिमलगायतका कारणले ती शव जमिनमुनि व्यवस्थापन गरी सकेकाले परिवारले अब डीएनएको नतिजा नआइन्जेल कुर्नुपर्ने छ ।

बाढीमा बेपत्ता भएकाहरूको शव विभिन्न जिल्लामा फेला परेका छन् । हालसम्म सबैभन्दा धेरै चितवनमा शव सङ्कलन गरिएको छ । हालसम्म फेला परेकामध्ये मंगलबार थप १६ सहित ३४९ शवलाई भरतपुर महानगरपालिका–१, देवघाटस्थित जङ्गलमा व्यवस्थापन गरिएको छ ।

१४ वटा शव सनाखत भएर आफन्तले लगेका छन् । बेपत्ता भएकाहरू भेटिने आशामा परिवारले डीएनए नमुना दिइरहेका छन् । डीएनएको जाँचको नतिजा मिल्यो भने यसरी व्यवस्थापन गरिएको शव लैजान चाहेमा परिवारलाई बुझाउनुपर्ने हुन्छ ।

त्यसैले चितवनमा सङ्कलन गरिएका सबै शवको डीएनए नमुना लिएर मात्रै जमिनमुनि व्यवस्थापन गरिएको छ । शवको पहिचान गर्न सकिने खालका सबै भागको तस्बिर भिडियो खिँचिएको छ । शवसँगै भेटिएका कपडा, गरगहना मोबाइल फोनलगायतका सामानहरू सुरक्षित गरिएको छ ।

शवलाई छुट्टै नम्बर कोड दिएर ४० इन्चको फरकमा जमिनमुनि व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवको अभिलेख प्रहरीसँग छ । प्रहरीले तस्बिर र अन्य अभिलेखहरू कार्यालयमा सुरक्षित राखेको छ । भेटिएका शवको तत्काल पहिचान नहुँदा व्यवस्थापनमा चुनौती भएपछि जमिनमुनि व्यवस्थापन गर्नुपरेको प्रशासनको तर्क छ ।

ती सबै शवको डीएनए नमुना सङ्कलन भइसकेकाले परिवारका सदस्यहरूले दिएको नमुनाको आधारमा डीएनए म्याच गरी शव पहिचान गरिने छ । जिल्ला जिल्लामा सङ्कलन भएको डीएनएको परीक्षणको नजिता पीडित परिवारले जिल्ला प्रहरी कार्यालयबाट फोन म्यासजेमार्फत प्राप्त गर्न सक्नेछन् ।

वर्षौँपछि खोजी गर्दै आउने आफन्तले पनि डीएनएबाट पहिचान भएको अवस्थामा जमिनमुनि व्यवस्थापन गरिएको शवको अवशेष उत्खनन् गरी आफ्नो धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्नसक्ने छन् । तर, परिवारले हाल व्यवस्थापन गरिएको ठाउँमै अन्त्येष्टि गर्न चाहेमा त्यसको व्यवस्थापनसमेत गरिने छ ।

भोटेकोशी बाढीपछि बेपत्ता भएका दाङको लमही नगरपालिका–४ बनगाउँका शम्भुजित चौधरी र वडा नम्बर–६ कि सिवानी चौधरीका घरपरिवारले आफ्ना सन्ता जीवितै छन् भन्ने आशा मारेका छैनन् । तर, पनि सरकारको आग्रहपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीएनए परीक्षणका लागि रगतको नमुना सङ्कलनमा सहभागी भएका छन् ।

यो बाढीमा परेका दाङका ५४ र पाल्पाका नौ जनाको अझैसम्म कुनै खबर छैन । सम्पर्कविहीन भएका पाल्पाका नौमध्ये आठ जनाका आफन्तबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । चितवनमा मङ्गलबारसम्म परिवारका सदस्यबाट सङ्कलन गरिएको ७४ वटा डीएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको भैरहवा शाखामा पठाइएको छ ।

तर, शवबाट सङ्कलन गरिएको डीएनए नमुना अझै पठाइएको छैन । सबै प्रक्रिया पूरा गरी शवको डीएनए नमुना भने काठमाडौं पठाइएको छ । परिवारका सदस्यको डीएनए रिपोर्ट र शवको रिपोर्ट प्राप्त भएपछि मात्रै दुवै रिपोर्टको आधारमा पहिचान गरी परिवारलाई शव बुझाउने प्रक्रिया अघि बढ्ने छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V