www.enajar.com

पपुलर

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

नेपाललाई तेस्रो पटक राहत सामग्री पठाउँदै चीन

समाचार प्रकाशित मिति :

नेपाललाई तेस्रो पटक राहत सामग्री पठाउँदै चीन

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

चीनले नेपालको आवश्यकताका आधारमा तेस्रो खेपमा आपत्कालीन राहत सामग्री पठाउने तयारी गरिरहेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले बुधबार नियमित पत्रकार सम्मेलनमा यसबारे बताएका हुन् । उनका अनुसार चीनले पठाएको दोस्रो खेपको आपतकालीन राहत सामग्री मंगलबार दिउँसो काठमाडौं आइपुगेको थियो । सोही उडानबाट पाँच जना डीएनए पहिचान विज्ञ पनि नेपाल आएको अनि यिनीहरूले बेपत्ता तथा मृतकको पहिचानसम्बन्धी काममा नेपाली पक्षलाई सहयोग गर्ने उनले बताए ।

अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी भत्किँदा आएको भीषण पहिरोले नेपाल र चीनको सीमावर्ती क्षेत्र प्रभावित भएको थियो ।  घटनामा ११ सय भन्दा धेरैको मृत्यु भइसकेको छ भने झन्डै चार हजार जना बेपत्ता छन् । चीनले अब पठाउन लागेको तेस्रो खेपको राहत सामग्रीमा बेली ब्रिज, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र आपत्कालीन सञ्चार उपकरणलगायत रहने कुओले बताए । नेपालको आवश्यकताअनुसार थप डीएनए पहिचान विज्ञको टोली पठाउन पनि चीन तयार रहेको उनले बताए ।

नेपालमा रहेका आफ्ना नागरिक र संस्थाको सुरक्षालाई चीनले उच्च प्राथमिकता दिएको कुओले बताए । बेपत्ता चिनियाँ नागरिकको खोजीका लागि चिनियाँ र नेपाली पक्ष मिलेर काम गरिरहेको उनको भनाइ छ । कुओका अनुसार विपद् प्रभावित नेपाली क्षेत्रमा अझै करिब १०० चिनियाँ नागरिकको अवस्था अज्ञात छ। चिनियाँ नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणमा सहयोग गरेकोमा चीनले नेपालप्रति आभार व्यक्त गरेको छ

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V